प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलले नेपाल कै पहिलो विद्यालयस्तरको टेडएक्स कार्यक्रम ‘टेडएक्स प्रिमियर इन्टल स्कुल’ आयोजना गरेको छ।
‘ग्रेटनेस बिगिन्स हियर’ भन्ने मूल नारासहित नेपालमै पहिलो पटक टेडएक्स कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विद्यार्थीहरूले साहस, सहानुभूति, आत्मविश्वास र निरन्तरताका आफ्ना प्रेरणादायी कथाहरू प्रस्तुत गरे।
कार्यक्रममा प्राथमिकदेखि स्नातक तहसम्ममा विद्यार्थीहरू सहभागी थिए।
त्यस्तै, कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, सञ्चारकर्मी सुगरिका केसी, जीवविज्ञानी डा. सुनिता घिमिरे गौतम, सामाजिक उद्यमी विक्रान्त पाण्डे र विज्ञापन व्यवसायी उजया शाक्यले समेत वक्ता रूपमा सहभागिता जनाए।
स्कुलकी संस्थापक निर्देशक पवित्रा लिम्बुले कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै भनिन्, ‘टेडएक्स जस्ता मञ्चहरूले विद्यार्थीलाई आफ्ना विचार सार्वजनिक गर्न, आत्मविश्वास बढाउन र जीवनका लागि तयार हुन मद्दत गर्छन्।’
यो कार्यक्रममार्फत प्रिमियर स्कुलले सृजनशीलता, नवीनता र विश्व नागरिकताको भावना अभिवृद्धि गर्ने आफ्नो लक्ष्यलाई पुनः पुष्टि गरेको जनाएको छ।
