आइएमई लिमिटेडले २५ औं वार्षिक साधारण सभा मंगलबार काठमाडौंमा सम्पन्न गरेको छ।
कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा बसेको सभाले वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो।
अध्यक्ष ढकालले आइएमईले रेमिटेन्स सेवा उद्योगमा अग्रणी स्थान कायम गर्दै सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित भएकोमा सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गरे।
उनले कम्पनीलाई आगामी दिनमा कम्प्लिट फाइनान्सियल सोलुसनको रूपमा विकसित गर्ने प्रतिबद्धता व्यक्त गरे।
आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कम्पनीको २५ वर्षे यात्राले नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्याएको बताए।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वित्तीय प्रविधिको अधिकतम उपयोगमार्फत रेमिटेन्स सेवालाई थप सरल, सहज र सुरक्षित बनाउने योजना रहेको उल्लेख गर्दै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।