अर्थ मन्त्रालयमा अन्तराष्ट्रिय लगानीकर्ता र साझेदारलाई समन्वयन गर्न छुट्टै सम्पर्क इकाइ 'फोकल युनिट स्थापना गरिएको छ। त्यस्त अर्थमन्त्रालय वैदेशिक सहायता समन्वयन महाशाखालाई अन्तर्राष्ट्रिय समन्वयन महाशाखाको रूपान्तरण गरिएको छ।
अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समन्वयन महाशाखा अन्तर्गत यो इकाइ स्थापना गरेको जानकारी दिएको छ।
यो इकाइले मुख्यतया विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय र निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्ने काम गर्ने बताइएको छ।
विदेशी लगानीकर्ताका लागि बैंकिङ तथा राजस्वसँग सम्बन्धित विषय अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्धित हुने हुँदा यस युनिटले सो सम्बन्धित समन्वय गर्ने बताइएको छ।
यो इकाइमा तत्कालकव लागि एक जना उपसचिव र एक जना अधिकृतले काम गर्ने छन्।