नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि पर्यटन तथा लजिस्टिकका सफल व्यवसायी दुर्गा प्रसाद सुवेदीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
व्यवसायी नरेश लाल श्रेष्ठको प्यानलबाट उनले उम्मेदवारी दिएका हुन्।
स्नातक तहको अध्ययन पूरा गरेपछि कुरियर सेवा (लजिस्टिक)मा प्रवेश गरेका सुवेदीले यो क्षेत्रमा निरन्तर २१ वर्षभन्दा बढी समयदेखि काम गर्दै आएका छन्। उनी नेपाल कुरियर सेवा संघका निवर्तमान अध्यक्ष समेत हुन्।
‘मेरो उम्मेदवारी केवल पदको लागि होइन। नीतिगत सुधार, व्यावसायिक सम्मान र हाम्रो उद्योग वाणिज्य क्षेत्रको सही प्रतिनिधित्वका लागि मैले उम्मेदवारी दिएको हुँ,’ सुवेदीले भने।
सुवेदीले एपेक्स वल्र्डवाइड एक्सप्रेस प्रा.लि., एपेक्स वल्र्डवाइड एक्सप्रेस (भारत र अमेरिका)पनि सञ्चालन गरिरहेका छन्। नेपालमा मात्र नभइ विदेशका विभिन्न ठाउँमा सामान ढुवानीको लागि एपेक्स ग्लोबल लजिस्टिक प्रा.लि.नामक ग्लोबल ब्राण्ड पनि सञ्चालन गर्दै आइरहेका छन्। यसबाहेक उनले बज्र इनर्जी भेन्चर्स प्रा.लि., भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड, कन्भिनियन्स प्रोडक्ट प्रा.लि. र राजवाला ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि. समेत स्थापना गरी सञ्चालन गरिरहेका छन्।
उम्मेदवारी घोषणा गर्दै सुवेदीले भने, 'मेरो विगतको अनुभव र नेतृत्व क्षमताको प्रयोग गर्दै उद्यमीहरूको साझा आवाज बन्न र व्यवसायी समुदायले भोगिरहेका वास्तविक समस्या समाधान गर्न म निरन्तर प्रयास गर्नेछु।'