देशभर सरकारी बाहेकका विद्यालयको संख्या १० हजार ४११ रहेको देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले गरेको नेपाल शिक्षण संस्था सर्वेक्षणले यस्तो तथ्यांक निकालेको हो।
यो प्रतिवेदनमा वर्ष २०८०/८१ को तथ्यांक छ। जसमा व्यक्ति र समुदायले चलाउने संस्थाको तथ्यांक छ।
सर्वेक्षण नतिजाअनुसार यी शैक्षिक संस्थामा ३ लाख ११ हजार ५१६ व्यक्तिले काम गर्छन्। यहाँ कर्मचारीको संख्या ३ लाख रहेको छ।
यी संस्थाले संस्थाले वार्षिक रूपमा तलबमा मात्रै ७४ अर्ब ६१ करोड ९८ लाख २२ हजार रूपैयाँ खर्च गरेको खुलाइएको छ।
हालसम्म यी शैक्षिक संस्थामा सम्पत्ति मात्रै ३ खर्ब नौ अर्ब माथिको छ भने कुल लगानी १ खर्ब १४ अर्ब ४४ करोड बढीको छ।
प्रदेश अनुसार बागमती प्रदेशमा मात्रै २ हजार ९ सय बढी यस्ता शैक्षिक संस्था छन्।
कोशी प्रदेशमा १ हजार ९१७, मधेश प्रदेशमा १ हजार ८९, गण्डकी प्रदेशमा ८६२ संस्था छन्।
त्यस्तै, लुम्बिनी प्रदेशमा १ हजार ५५६, कर्णाली प्रदेशमा ३७५ र सुदूरपश्चिम प्रदेशमा ९०७ संस्था छन्।
तहअनुसारको शैक्षिक संस्थाको हिसाबले कक्षा ८ सम्म पढाउने सरकारी बाहेकका विद्यालयको संख्या ४ हजार ५२२ छन्।
कक्षा ९ देखि १२ सम्म पढाउने ४ हजार ३१९, प्रमाणपत्र तह पढाउने ३०१ र स्नातक र सोभन्दा माथि पढाउने १ हजार २६८ छन्।
स्वामित्वका आधारमा व्यक्तिको स्वामित्वमा २ हजार १६३ संस्था छन्। साझेदारीमा १ हजार ५३९ संस्था छन्। प्राइभेट लिमिटेड कम्पनीमा ५ हजार ४२१ संस्था छन्।
समुदायको स्वामित्वमा ५४२ संस्था छन्। गुठीको स्वामित्वमा ७४६ संस्था छन्।
प्रदेशअनुसार काम गर्ने व्यक्तिको संख्याको आधारमा कोशी प्रदेशमा ५० हजार २४०, मधेश प्रदेशमा ४२ हजार ५३१, बागमती प्रदेशमा १ लाख १९ हजार १९१ व्यक्तिले काम गर्छन्।
त्यस्तै, गण्डकी प्रदेशमा २६ हजार १९७, लुम्बिनी प्रदेशमा ४३ हजार ८४९, कर्णाली प्रदेशमा ७ हजार७५९ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ७४९ व्यक्तिले काम गरेका छन्।
अधिकतम सय जना बढी कर्मचारी राख्ने शैक्षिक संस्था २५९ पाइएको छ।
१० जना वा सोभन्दा कम कर्मचारी हुने १ हजार१०४ वटा, १० देखि २० जना कर्मचारी हुने ३ हजार ४६७ वटा, २० देखि ३० जना कर्मचारी हुने २ हजार ३८६ वटा संस्था छन्।
त्यस्तै, ३० देखि ४० जना कर्मचारी हुने १ हजार ४७९ वटा, ४० देखि ५० जना कर्मचारी हुने ७१६ वटा, ५० देखि १०० जना कर्मचारी हुने १ हजार वटा संस्था पाइएका छन्।
यी शैक्षिक संस्थानमा पढाउने व्यक्तिको संख्या अर्थात शिक्षक २ लाख २१ हजार ५०४ छ। अन्य कर्मचारीको संख्या ७८ हजार ५१७ छ।
तहअनुसार शिक्षकको संख्यामा सबैभन्दा बढी नौ देखि १२ कक्षामा पढाउने ९० हजार १३१ जना देखिएको छ। कक्षा ८ सम्म ४९ हजार ७४६ शिक्षक छन्।
कक्षा ९ देखि १२ सम्म ९० हजार १३९ शिक्षक छन्। प्रमाणपत्र तहमा ६ हजार ४६ शिक्षक छन्। स्नातक र माथि तहमा ३१ हजार शिक्षक छन्।
संकायअनुसार विद्यार्थीको संख्याको आधारमा व्यवस्थापन संकायमा सबैभन्दा बढी छन्।
मानविकी संकायमा ४१ हजार व्यवस्थापन संकायमा २ लाख ३६ हजार ५८१ विद्यार्थी छन्। शिक्षा संकायमा १ लाख १२ हजार ७७६ विद्यार्थी छन्।
कानुन संकायमा ३६ हजार १५९ विद्यार्थी छन्। विज्ञान संकायमा २१ हजार ७३९ विद्यार्थी छन्। इन्जिनियरिङ संकायमा १८ हजार ५४२ विद्यार्थी मात्रै छन्।
कहाँ कति शुल्क?
औसत शुल्कको आधामा सबैभन्दा बढी मासिक शुल्क बागमती प्रदेशमा छ।
बागमती प्रदेशमा विद्यार्थीले महिनामा ५ हजार १७६ रूपैयाँ तिर्छन्।
गण्डकी प्रदेशमा विद्यार्थीले महिनामा ३ हजार २४९ रूपैयाँ तिर्छन्।
कोशी प्रदेशमा विद्यार्थीले महिनामा २ हजार ७०० रूपैयाँ तिर्छन्।
लुम्बिनी प्रदेशमा विद्यार्थीले महिनामा २ हजार ५४५ रूपैयाँ तिर्छन्।
मधेश प्रदेशमा विद्यार्थीले महिनामा २ हजार ४८३ रूपैयाँ तिर्छन्।
कर्णाली प्रदेशमा विद्यार्थीले महिनामा २ हजार ३०७ रूपैयाँ तिर्छन्।
सुदूरपश्चिम प्रदेशमा विद्यार्थीले महिनामा २ हजार ०६७ रूपैयाँ तिर्छन्।
कक्षाअनुसार विद्यार्थीले तिर्ने शुल्कको आधारमा कक्षा ८ सम्म विद्यार्थीले महिनामा २ हजार ३४१ रूपैयाँ, कक्षा ९ देखि १२ सम्म विद्यार्थीले महिनामा ३ हजार ४ रूपैयाँ, प्रमाणपत्र तहमा विद्यार्थीले महिनामा ११ हजार ४९८ रूपैयाँ, स्नातक तह र सोभन्दा माथि विद्यार्थीले महिनामा ५ हजार ८१४ रूपैयाँ तिर्छन्।