Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, माघ १९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

कोरोनावाली

Nmb
Nmb
राजन राउत

राजन राउत

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

आइसोलेसनमा थिएँ म, मिलिटरी हस्पिटलको। वाइफाईको सुविधा थिएन। डाटा नि राम्रो नचल्ने कुनै नेटवर्कको। मेसेज जान नि पर्खनु पर्ने। कोरोना संक्रमित एरियाबाट आएकोले चौध दिन मैले आइसोलेसनमा बिताउनु थियो।

आइसोलेसन रूममा दिन बिताउन त्यति सजिलो रहेनछ। सुरु-सुरुमा सोचेँ, दिनभर सुतेरै बिताइदिन्छु नि। हो पनि। दुई दिन त मज्जाले नै सुतेँ। उदयपुरदेखि काठमाडौ आइपुग्दाको थकाइ बेस्सरी लागेको रहेछ। तर तेस्रो दिनबाट भने उकुसमुकुस सुरु भयो मलाई।

एनसेलको डाटा लिएर चलाउन थालेको थिएँ। फेसबुकमा एउटी केटीको फ्रेन्ड रिक्वेस्ट आयो। एसेप्ट गर्नु पहिला प्रोफाइल खोलेँ। नेटवर्क टु जी मात्र थियो। खुलेन प्रोफाइल। कति पर्खनु नेटवर्कलाई बेस्सरी गाली गरेँ।

'सपना केटी' रे नाम पनि। केटा हो कि केटी कसरी कन्फर्म गर्नु मैले? केटीकै थियो पिक्चर। त्यही हेरेर एसेप्ट गरिदिएँ।

'थ्याङ्क यू फर एसेप्टिङ मि' मेसेज पठाई।

'वेलकम' मैले लेखेँ।

'आइसोलेसनको बसाई कस्तो छ नि हजुरको?' उसले पठाई। म अलमल्ल परेँ। पक्कै कोही चिनेकै हुनुपर्छ। म फेरि प्रोफाइल हेर्न तिर लागे।

Laxmi bank
Laxmi bank

'हजुर आइसोलेसनमा भएको हजुरको प्रोफाइलबाट थाहा पाएँ। हजुरलाई म चिन्छु तर हजुरले सायद मलाई चिनिसिन्न होला।' लामो सन्देश रोमनमा पठाइ, हजुरका हजुर लाएर।

उसको प्रोफाइल खुलिसकेको थियो। पाँच जना त म्युचल साथी नै थिए। आइडि भने नयाँ नै थियो। केही फोटोहरु अपलोड भएका थिए तर मेरो लागि अपरिचित नै थिए उसका तस्बिरहरु।

Ncell
Ncell

हेमन्त सरको छोरीको पास्नीमा सुकेधारा पार्टी प्यालेसमा हो मैले हजुरलाई चिनेको' अर्को मेसेज आयो उसको।

अब मलाई विश्वास भयो उनी हेमन्तकै कोही नातेदार थिइन्। त्यसबेला पास्नीमा हेमन्तका थुप्रै आफन्त आएका थिए। उसले मलाई धेरै जनासँग परिचय गराएको थियो।

'मेरो धेरै मिल्ने साथी, मेरो जोडी हो। रमाइलो छ, अप्ठ्यारो नमानी कुरा गर्दा हुन्छ' उसले वातावरण सहज बनाइदिएको थियो। तर झन्डै वर्ष बित्न लागिसक्यो। त्यस दिन धेरै अनुहारहरुसँग रमाइलो कुराकानी भएको थियो। कसैको अनुहार सम्झन सक्दिन अहिले।

'सरी। चिन्न नसकेकोमा' धेरै ढिला मैले रिप्लाई गरेँ।

'सरी भन्न पर्दैन।'

'आज एक्कासी हेमन्त सरको पिक्चरमा हजुरको कमेन्ट देखेँ अनि मैले प्रोफाइल हेरेर रिक्वेस्ट पठाएँ' पटट.. रोमनमा बिगार्दै टाइप गरि उसले।

'हेमन्तसँगको नाता तपाईको?' मैले सोधेँ।

त्यसैबेला घरबाट श्रीमतीको फोन आयो र मैले रिसिभ गरेँ।

'खाना खानुभयो त?' उनले सोधिन्।

'अहिलेसम्म खाना नखाएर बस्न मेरो व्रत छ र? केही जरुरी छ भने भन नत्र म अलि बिजि छु' मैले भनेँ।

'हिजोसम्म दिन काट्न गार्‍हो भो भनेको मान्छे आज एक्कासी केमा बिजि हो? कि अन्तै लभ पार्न थालेको र?' उनी च्याँठिइन्।

'बिजि हुनासाथ लभ नै परेको हुन्छ? आजबाट कथा लेख्न सुरु गरेको छु। समयको सदुपयोग' मैले भनेँ।

'सरी-सरी म पनि के-के सोच्छु त्यसै। ल-ल खाली दिमाग सैतानको घर भन्छन्। राम्रो लेख्नु। बरु यसो पात्र हामीलाई पनि बनाउनुस् है' नरम स्वरमा उनले भनिन्।

'तिम्रो र मेरो लभ स्टोरी लेख्न लागेको हो र तिमीलाई पात्र बनाउन?' मैले फोन काटिदिएँ। नव आगन्तुकसँग कथा सुरु गर्न मलाई हतार भैसकेको थियो।

उ अफ लाइन भैसकिछे। अनसिन थियो मेरो अन्तिम मेसेज। उसैले फ्रेन्ड रिक्वेस्ट गरेकी। सायद मसँग बोल्न निकै लालायित थिइ उ। त्यही सोचेँ मैले। तर मनमा खुल्दुली लागिरह्यो। के नाता थिइ हेमन्तको उ? सर भनेर सम्बोधन गर्थी उसले हेमन्तलाई। जवाफ को प्रतीक्षामा थिएँ।

'म हेमन्तको भान्जीकि साथी।'

'कोरोना पोजेटिभ देखिएर नेपालगन्ज हस्पिटलमा आइसोलेसनमा छु।'

'आइसोलेसनमा बस्दा-बस्दा दिक्क भएँ। पुरानो फेसबुक आइडि ह्याक भयो। नयाँ आइडि बनाएर साथीहरू खोजिरहेकि थिएँ। हजुरको फेस देख्नासाथ त्यस दिन पार्टी प्यालेसमा टेबुल सेयर गरेको याद आयो।' एकैपटक आयो उसको मेसेज। कुनै नेपाली त कुनै रोमनमा मिलाएर बुझ्नु पर्थ्यो उसको टाइपिङ।

कोरोना पोजेटिभ भन्नासाथ डर लाग्यो मलाई। च्याटिङमै सर्लाझै गरि। हेमन्तकि भान्जी त राम्रो चिनिनँ मैले, कहाँबाट उसकी साथी चिन्नु? तै पनि भन्दिएँ।

'ए हो त नि, म त सबै बिर्सिसकेछु।'

'अनि कसरी कोरोना पोजेटिभ देखियो नि तिमीलाई?' मैले तिमी नै भनेर सम्बोधन गरेँ।

'छिमेकमा इन्डियाबाट मानिसहरू आएका थिए। ती सबै पोजेटिभ रहेछन्। टोलभरी सल्काए तिनीहरुले नै' उसले प्रस्टीकरण पठाइ।

'कोरोना पोजेटिभ रिपोर्ट आउँदा डर लागेन?' मैले पठाएँ।

मेसेज सेन्ड हुनु अघि नै कसैले ढोका ढक-ढकायो। मैले ढोका खोलेँ। नर्स हातमा थर्मल गन बोकेर मलाई ताक्न ठिक्क परेकी थिइन् पाँच मिटर पर नै। मानौँ म कोरोना पोजेटिभ नै हुँ।

'खै अरु नेपालीले त फिबर नै नआइ कोरोना पचाइरहेका छन्। मलाई नै चै के फिबर आउला र?' चिउँडो तन्काएर बसिदिएँ म।

'दैनिक रिपोर्ट पठाउनु पर्छ हजुर।' नर्स गइन्। मैले ढोका लगाएँ। कोरोनावालीसँग बोल्न हतारमा थिएँ म। टिङ-टिङ गर्दै धेरै पटक उसको मेसेज आइसकेको थियो।

'सुरुमा पत्यार लागेन। त्यसपछि सोचेँ एक पटक मर्ने जिन्दगी त हो के डराउनु कोरोनासँग भनेर मैले हिम्मत हारिन। आजसम्म मलाई कुनै लक्षण देखिएको छैन। लाग्छ मबाट अब कोरोना पराजित भैसक्यो।

पटक-पटक पिसिआरको नमूना लगेको छ, रिपोर्ट आएको छैन।'

अनि एउटा सिम्पल तर लोभलाग्दो फोटो पठाएकी थिइ। मैले उसको फोटोमा लभ रियाक्ट गरिदिएँ।

'कता हराइसेको?' फेरि आयो उसको मेसेज।

'कतै होइन, नर्स आएकी थिइन् फिबर नाप्न' नर्स भन्ने बित्तिकै उसले इमोजी पठाइ। मैले केही रियाक्ट गर्नु अघि नै उसले लेखी।

'लभ पर्ला नि फेरि नर्ससँग।'

'नर्ससँग होइन, तिमीसँग चै पर्ला जस्तो छ।' पाएको मौकाको सदुपयोग गरे मैले।

'हिहि…' उ अलप भइ। सायद कुनै काममा बिजि भइ होला, अफलाइन देखिइ।

आइसोलेसनको चौथो दिन थियो मेरो। उ अब मेरो समय कटाउने गज्जबकी साथी भइसकेकी थिइ। नहिच्किचाइकन बोल्थी उ। जे सोधे पनि झर्को नमानी रिप्लाई पठाइदिन्थी। खै किन हो? उ आवश्यकताभन्दा बढी नै मसँग नजिकिदै थिई। डाटा नचलेको बेला उसले थुप्रै मेसेजहरु पठाइसकेकी हुन्थी।

कहिलेकाही रमाइला कोटेशनहरु फर्वार्ड गर्थी। अनि केही रमाइला भिडियोहरु। उसले पठाएका भिडियोहरु रातमा डाटा राम्रो चल्दा सबै हेर्थे र कमेन्ट गर्थें म। समय कटेको पत्तै हुन छाड्यो।

बेला-बेला घरवालीको फोन आउँथ्यो। कथा लेख्ने बेला कति डिस्ट्र्ब गरेको भनेर कुरा छोट्याइदिन्थे।

'गुड मर्निङ सर।'

'आज त नेपालमा कोरोना ह्वात्तै बढ्यो नि। न्यूज सुनिस्यो हजुर ले? नेपालगन्जमा पनि कति धेरै भेटिएको छ। हस्पिटल पनि अब प्याक होला जस्तो छ।' उसले बिहानै मेसेज छाडेकी रहिछे। त्यस दिन रातमा अबेलासम्म मुभी हेरेकाले बिहान आठ बजे नास्ता आउँदा उठेको थिएँ। उ अफलाइन भैसकेकी थिइ।

'गुड मर्निङ'

'हाउ आर यु टुडे? बी केयरफूल अन योर हेल्थ।' मेसेज छाडिदिएँ मैले। त्यस दिन अबेलासम्म उ अनलाइनमा देखा परिन। उसँग हराउने बानी परिसकेको थिएँ म। उसलाई अनलाइनमा नदेख्दा अनौठो छट्पटी सुरु भयो मलाई। त्यतिकै कोठामा दिन काट्न गाह्रो थियो। झन गाह्रो महशुस गर्न थालेँ अब।

'नबद्लिएको सपना' शिर्षकको कथा आधा मात्र भएको थियो। डायरी निकालेर पूरा गर्ने कोशिस गरेँ।

घरबाट श्रीमतीले फोन गरिरहन्थिन् 'के छ? कस्तो छ? कसरी दिनहरू बिताइरहनु भाको छ? खानपिन कस्तो छ? कथाले कस्तो मोड लिइरहेको छ?' उनले सोधिन्।

'नबद्लिएको सपना शिर्षकको कथा आज सक्ने सोचमा छु। त्यसै बोर लागिराछ' मैले भनेँ।

किन टेन्सन नि बुढा? सपना लेखे नि बिपना लेखे नि लेखिरहनु' उनले भनिन्।

'ल ल सिकाउनु पर्दैन' मैले फोन कटाएँ।

दिउँसो अबेरसम्म कोरोनावाली देखा परिन। सायद आज नेपालगन्ज हस्पिटल अलि बढी प्याक भयो होला। विविध कामले अनलाइन आउन फुर्सद पाइन होला। त्यही सोचेँ मैले। धेरै पटक उसको प्रोफाइल हेरेँ 'सपना केटी' के हो त्यसको जात पनि? केटी लेखेकी छे। सायद अन्तर्राष्ट्रियवादी होलि।

अनि वायो थियो- 'मेरो जीवनमाथि मेरो अधिकार।' निकै क्रान्तिकारी रैछे। बरु मोबाइल नम्बर माग्नु पर्ने रैछ। माग्न नसकेकोमा पश्चाताप थियो मलाई।

साँझ खाना खादै थिएँ। कोरोनावालीको मेसेज आयो।

'सरी आज दिनभर अनलाइन आउन सकिन। बिजि थिएँ।'

'अहिलेसम्म एकदम ठिक छु।'

'अनि आज दिनभर कसरी बिताइस्यो नि?' सरासर मेसेज आए उसका।

उसका मेसेज देख्नासाथ किन-किन शरीरमा नयाँ स्फूर्ती आयो। उ सजिलै मसँग नजिकिसकेकी थिइ अनि म उसँग।

'दिनभर बोर लाग्यो। तिमीलाई अनलाइनमा नदेखेर' मैले सेन्ड गरेँ।

'म अनलाइनमा नहुँदा मलाई मोबाइलमा मेसेज गरिस्योन' उसले निर्धक्क मोबाइल नम्बर सेन्ड गरी। कुनै संकोच नमान्ने कस्ती केटी हो यो? उ प्रति अझ खुल्दुली बढ्यो। मैले तुरुन्त त्यो नम्बर डायल गँरे। रिसिभ गरि उसले।

'हजुरले अहिल्यै कल गरिसिन्छ भन्ने आश मैले नि गरेको थिएँ। मेरो भ्वाइस हजुरलाई कतै सुनेको जस्तो लागेको छैन र?' कल रिसिभ गर्नासाथ बोली उ।

'अँ सुन्न त सुनेको जस्तोनै लाग्छ। अनि कस्तो छ नि तिमीलाई अहिले?' मैले सोधें।

'अहिलेसम्म एकदम ठिक छु। हामी मेसेज नै गरौं न है। कल गर्दा यहाँ अरुलाई डिस्टर्ब हुन्छ।' उसले फोन काटी। कैलेकाहीँ सुने जस्तो त लाग्छ उसको स्वर तर ठम्याउन सकिनँ। कति नरम स्वभाव कि जस्ती लाग्यो मलाई। त्यस दिन टेबुल सेयर गर्ने सबैलाई सम्झन खोजेँ। अहँ स्मरणमा आएन मेरो।

सातौं दिन थियो आइसोलेसनको। त्यस साँझ अबेरसम्म च्याटमा आइरही उ। बेला-बेला हराउँथी अनि आइहाल्थी। समय बितेको पत्तै हुन छाड्यो। मेरो पारिवारिक कुराहरु सबै उसले प्रोफाइलमा राम्रै अध्ययन गरिसकेकी रहिछे। बेलाबेला के-कस्तो छ मेडमलाई भनेर सोध्थी। एक पटक मैले उसलाई सोधें।

'अर्काको श्रीमान हो भनेर थाहा हुँदाहुँदै किन यसरी च्याटिङ गर्नु भएको त?'

'म सौता जान लागेको त होइन नि। 'डजन्ट म्याटर। म पनि म्यारिड नै हुँ। इन्डियन लाहुरे हुनुहुन्छ उहाँ जम्मु काश्मिरमा।

बोल्दैमा मलाई हजुरले लाने होइन होला नि। त्यो पनि मेरो जीवनमाथि मेरो अधिकार।' कति खुलस्त थिइ उ। मनमा कुनै संकोच थिएन। अन्जानमै उ एउटी भरपर्दी साथी भइसकेकी थिइ। बेलाबेला मेरो फोटोमा लभ रियाक्ट गर्न थालिसकेकी थिइ। भन्थी- 'हजुरलाई भेटेर कोरोनासँग लड्न अझ मोनोबल उच्च भएको छ।'

बार्हौ दिन थियो आइसोलेसनको। म धेरै अभ्यस्त भैसकेको थिएँ उसँग। यत्तिका दिनहरु कति चाँडै बिते मलाई पत्तै थिएन। टाइप गर्दा-गर्दा मोबाइलमा हात पनि छिटो-छिटो चल्ने भैसकेको थियो। उ अझ बढी नै क्रेजी भैसकेकि थिइ मसँग। भन्थी हजुरसँग भेट भएपछि मैले आफूलाई कोरोना लागेको नि बिर्सिए।

म पनि घरवालीलाई बिर्सिएर कोरोनावालीसँग हराउन बानी भैसकेको थिएँ। यस्तो लाग्दै थियो, मानौ उ मेरी पूर्व-प्रेमिका हो। अनि जीवनका विभिन्न रसरङ्गहरु बाध्यता र विवशताहरु मसँग सेयर गरिरहेकी छे।

डाटा चलेको थिएन त्यस दिन, मोबाइल मै मेसेज आयो मेरो। 'यतिबेला हजुरलाई धेरै मिस गरिरहेकी छु। दुई पटकको मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो नि। अब लास्ट भोलि एकपल्ट टेस्ट गर्ने नेगेटिभ आएमा डिस्चार्ज गर्ने भनेर डाक्टर साबले भन्नुभाछ।'

मेसेज पढेपछि सार्है खुशी लाग्यो। उ झन् कति खुशी भै होलि।

'बधाई छ तिमीलाई। नयाँ जीवन पाएकोमा। कति भाग्यमानी छ है त्यो लाहुरे जसले तिमी जस्ती निडर र साहसी जीवनसाथी पाएको छ।' मैले रिप्लाई दिएँ।

साँझ डाटा अन गरेँ। उसका थुप्रै मेसेज आएर खात लागेका थिए। पढ्दै थिएँ फेरि पठाइ।

'हेरिस्योन त्यो लाहुरेले अहिलेसम्म मलाई बधाई दिएको छैन। मेरो केही वास्ता छैन त्यसलाई। उ आफ्नै संसारमा हराइरहेको छ। लाहुरेको केही भर हुदैन।'

उसको पारिवारिक मामिला थियो। मैले केही रिप्लाई दिन सकिन। सायद मेरी श्रीमती पनि यस्तै सोच्दी हो। कता के गर्दै होलि भनेर फोन गरेँ।

'कसरी याद आयो नि आज चै?' उनले प्रश्न तेर्स्याइन्।

'जसरी आए नि आए भयो त' मैले भनेँ।

'अनि कथा कहाँ पुग्यो नि? बोर त लागेको छैन होला नि?' उनले सोधिन्।

'अँ क्लाइमेक्समा पुगिराछ। आजभोलि त्यसैमा बेस्सरी अलमलिएको छु। त्यही भएर तिमीलाई समय दिन सकिरहेको छैन' मैले विश्वस्त पार्ने कोशिस गरेँ।

'अझै आइसोलेसनमा एक-दुई दिन बाँकी नै छ। समयको सदुपयोग गर्नु। ओके बेस्ट अफ लक' उनले फोन कटाइन्। म भने मेसेज हेर्न लागेँ।

'कता हराइसेको हजुर?' उसको मेसेज आयो।

'छैन हराको सेवामा हाजिर छु। भनिबक्सियोस हजुर' मैले लेखेँ। इमोजी पठाइ उसले।

'भोलिको रिपोर्ट नेगेटिभ आएपछि हजुरलाई म सरप्राइज दिन्छु।

'कस्तो सरप्राइज?' मैले भनेँ।

'अहिले नै भन्यो भने सरप्राइज नै भएन नि' उसले भनी।

'अनि डिस्चार्ज भएपछि कहाँ जान्छौ नि?' मैले सोधेँ।

'लकडाउन नखुलुन्जेल यतै बस्छु आन्टीकोमा। त्यसपछि काठमाडौं फर्कन्छु' उसले भनी।

'अनि काठमान्डौँ आएपछि मलाई भेट्दिनौ?' मैले सोधेँ।

'सियोर। किन नभेट्नु हजुर त मेरो लाइफको बेस्टफ्रेन्ड नै होइसिन्छ नि।' कति सजिलै भनिदिइ उसले।

'रियल्ली!' मैले भने। तर उ मेसेज सिन नगरी अफलाइन भइ।

तेर्हौ दिन थियो। कोरोनावाली अब कोरोना मुक्त भैसकेकी थिइ। आजको रिपोर्ट नि उसको नेगेटिभ आइसकेको मेसेज पठाइसकेकी थिइ। यत्तिका दिनसम्म राम्रै टाइम पास गराएकी थिइ। डिस्चार्ज हुनु अघि मलाई सरप्राइज दिन्छु भन्थी। कस्तो सरप्राइज दिन्छे होली? खुल्दुली चलिरह्यो मन भित्र। उ अनलाइनमा थिइन। मोबाइलमा मेसेज गरेँ मैले।

'तिम्रो सरप्राइजको कुराले खुल्दुली मात्र भएको छैन। सोच्दा सोच्दा तनाव भैसक्यो।'

'किन तेत्रो तनाव लिइसेको? भोलि मात्रै मेरो डिस्चार्ज हुने भो। साँझ हजुरकोमा डाटा राम्रो चल्यो भने भिडियो कलमा आउछु। त्यही भन्न लागेकी थिएँ' मोबाइलमै पठाइ उसले नि।

उसको त्यो मेसेज पाएपछि औधी खुसी भएँ म। भिडियो कलमा कसरी बोल्ने होला त्योसँग। अनेक थोक मनमा आउन थाले।

साँझ डाटा चल्न थालेपछि हेरेँ उ अनलाइनमा नै थिइ।

'अहिले राम्रो डाटा चलिराछ फुर्सद छ तिम्रो?' मैले डाटा चल्ना साथ मेसेज गरेँ।

'नाइँ मलाई लाज लाग्छ' उसले रिप्लाई गरि।

'उसो भा किन हिजोदेखि सरप्राइज भिडियो कल गर्छु भनेको त?' मैले रिसाएको इमोजी अट्याच गरेर पठाएँ।

'फोटोमा जस्ती राम्री छैन म। फेरि मलाई देखेर नतर्सिनु नि' उसले भनी।

'किन तर्सनु नि अर्काकी बुढी देखेर' मैले हाँसेको इमोजी फेरि अट्याच गरेँ।

'हि हि…' उसले पठाइ।

लगत्तै उतैबाट आयो कल। अर्को नि ट्युबलाइट अन गरेर मैले कल रिसिभ गरेँ।

'अरे तिमी! यति ठूलो सरप्राइज' मेरो आश्चर्यको सीमा रहेन। म साँच्चै तर्सिएको थिएँ। कोरोनावाली होइन, उ मेरो घरवाली थिई। म लाजले रातो पिरो भएँ।

'यत्रो नाटक किन नि?' मैले सोधेँ।

'नाटक हैन कथा। यसको उदेश्य थियो आइसोलेसनमा बसुन्जेल तपाईको खाली दिमागमा सैतानले बास नगरोस्। सजिलै तपाईका दिनहरु बितुन्। लाग्छ सफल भएँ म' उनि एकटकले मलाई हेरिरहिन्। असिम माया पलायो उनि प्रति। साच्चै आइसोलेसनका पट्यार लाग्दा यी दिनहरु बिताउन नाटकीय रुपले प्रवेश गरेर मलाई अर्कै रङ्गमञ्चमा पुर्याएकी थिइन्।

'अनि त्यो कल रिसिभ गर्ने चाँहि?' मैले सोधेँ।

म हुँ, त्यो कल रिसिभ गर्ने। नयाँ नम्बर हो, त्यो दिदिले निकाल्नु भएको' साइडमा देखा परि अर्कि पात्र।

'लभ यू बुढी! भेरी इन्ट्रेस्टिङ स्टोरी। म यो स्टोरी अहिले नै लेख्न सुरु गर्छु। आइ लभ यू सो मच।'

केही दिनपछि मैले कोरोनावालीको नम्बरमै कल गरेर कथा सुनाएँ। कथा सुनिसकेपछि उसले अभिनय गरि।

'थाहा छ हजुरलाई मेरो भाग्यमानी लाहुरे जम्मु काश्मिरबाट आउदै छ नि मलाई लिन।'

'धेरै राम्रो। तिमी आफ्नो लाहुरेसँगै जाउ। तिम्रो जीवन तिम्रो अधिकार। म आफ्नो देवतालाई लत्याएर तिम्रो ढुङ्गालाई देवता मान्न सक्दिन। मेरो जीवनमाथि मेरै श्रीमतीको अधिकार' मैले नि अभिनय गरिदिएँ।

दिल खोलेर हाँसी कोरोनावाली।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १२:३२
सिफारिस
कस्ता छन् सेयर मूल्य कम भएका यी बैंक?
कस्ता छन् सेयर मूल्य कम भएका यी बैंक?
चुनावी दौडमा छिन् आठ महिनाकी गर्भवती रञ्जु दर्शना (भिडिओ)
चुनावी दौडमा छिन् आठ महिनाकी गर्भवती रञ्जु दर्शना (भिडिओ)
कति बिग्रेको छ हाम्रो न्यायालय, कसरी सुधार्ने?
कति बिग्रेको छ हाम्रो न्यायालय, कसरी सुधार्ने?
विपक्षीका लागि 'टेन्सन', अलराउन्डर गुल्सन
विपक्षीका लागि 'टेन्सन', अलराउन्डर गुल्सन
काठमाडौं महानगरका सबभन्दा बढी वडा समेटिएको ८ नम्बर क्षेत्र
काठमाडौं महानगरका सबभन्दा बढी वडा समेटिएको ८ नम्बर क्षेत्र
स्वर्णिमको नेतृत्वमा लेखिँदैछ रास्वपा घोषणापत्र, १०० दिनमा गर्ने १०० कामको सूची बनाइँदै
स्वर्णिमको नेतृत्वमा लेखिँदैछ रास्वपा घोषणापत्र, १०० दिनमा गर्ने १०० कामको सूची बनाइँदै
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

मौन!
समयको कविता!
अन्तिम पत्र!
पहिले मैले रिजेक्ट गरेँ, अहिले पालो तपाईंको!
विवाह पछिको प्रेमले बर्बाद बनायो उसको दाम्पत्य जीवन!
नेताजी… आउनुस् न, फोटो खिचौँ!
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP