Ncell
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, माघ २, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

मौनता ...

Nmb
Nmb
वसन्ती ओझा

वसन्ती ओझा

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

'आई एम सरी! तपाईंलाई चोट त लागेन?' उनको प्रतिकृया, मलाई चोट लाग्दा उनैलाई दुखेजस्तो प्रतित हुँदै थियो।

नयाँ वानेश्वर, सिभिल हस्पिटल अगाडिको जेब्रा क्रसिङ पार गरेर उत्तरतिर मोडिदै गर्दा अप्रत्यासित एक अन्जान युवतीको कुहिना मेरो काँधमा ठोक्किन पुग्यो। चोट त त्यति सार्है थिएन, आफै शब्द निस्केछ मुखबाट 'आउच' मलाई नै थाहा नहुने गरि।

उनी चिल्लो, ठूलो गाडीबाट ओर्लिएर आफ्नो मोबाइलमा व्यस्त थिइन्। आँखामा कालो चस्मा, मुखमा मास्क, अर्ध शरीर मात्र ढाक्न सक्ने सेतो रंगको वान पिस, घुँडासम्म छुने बुट अनि त्यो रातो कोट, अद्भुत व्यक्तित्व, साँच्चिकै लोभलाग्दो जिउडाल।

उनको असहजता हटाउन म उनकै समिप गएर उत्तर दिएँ- 'इट्स ओके म्याम, म ठीक छु।'

उनी एकहोरो म तिर हेरेर टोलाइरहिन्। म आश्चर्यचकित, उनको कृयाकलापमा उनलाई साथ दिइरहे। उनको कोमल हातको स्पर्शले झस्किएँ एकछिन। उनले च्याप्प मेरो हात समातिन, आफूले सकेजति बल प्रयोग गरेर आफूतिर तानिन मलाई सडकको एउटा एकान्त किनारतिर।

उनले आफ्नो चस्मा खोल्दै मुखमा लगाएको मास्क पनि औँलामा बेर्दै निकालिन्। मौनता... हामी दुवैका आँखा रसाए। एकअर्कालाई अंगालोमा बेर्दै हिक्क-हिक्क रोयौँ। मेरो रोदनले असह्य उनका हात मेरो आँखाको मुनिदेखि कानसम्म पसारिए, मेरा आँसु पुछ्न।

‘तँ त भर्खर बिहे गर्ने उमेर पुगेझैँ भइछस्, हेर न म त बुढी भईसकेँ’, जिस्किदै भनिन् उनले। म मुसुक्क मुस्कुराएँ। धेरै कुरा गर्न मन थियो, मनमा अनेकौँ प्रश्न थिए उनलाई सोध्नुपर्ने तर त्यतिखेर मलाई मौनतामा नै रमाउन मन लाग्यो। उनी एकहोरो बोलिरहिन्।

Laxmi bank
Laxmi bank

आज राति कल गर्छु, रिसीभ गर ल। यती भन्दै उनी बिदा भइन् त्यो चिल्लो गाडी चढेर। मेरो आँखाबाट ओझेल नहुन्जेल म उनले चढेको गाडी हेरिरहेँ।

मौनता, मेरी बालसखी। अनवरत १६ बसन्त जीवनका हामीले सँगै बिताएका थियौँ। हामी दुवैको साँझा जन्मथलो, सँगै हुर्कियौँ, कक्षा दशसम्मको अध्ययन पनि सँगै गर्यौं। उनको पढाईमा बाधा आएपछि हामी समकक्षी हुन पाएनौँ। तर सधैँ हितैषी थियौँ एकअर्काका। लुकामारी, डन्डिबियो, रुमाल चोर सँगै खेलेका ती अविस्मरणीय पल, फेरि झलझली आँखामा खेल्न थाले बालपनका रहरहरु।

Ncell
Ncell

उनी क्षेत्रीकी छोरी, जातले नै निडर, जस्तोसुकै अवस्थामा पनि जीवन जितेरै खानुपर्छ भन्ने अठोट बोकेकी, युद्धमा ओर्लिएका वीर योद्धा जस्ती। जमिन्दार बुवाकी एक मात्र छोरी, राजसी ठाँटमै हुर्किएकी थिइन्। खान लाउन रत्तिभर अभाव हुन्थेन, बोल्न नपाउँदै पूरा भैसक्थे उनका इच्छा अनि आकांक्षा। धनाड्ड्य परिवेशमा हुर्किएपनि उनको सरल र सामान्य व्यवहार लोकप्रिय थियो।

खेल्न आउँदा आमाले पकाउनु भएको तिहुँन र भात कति मिठो भन्दै औँला चाटेर खान्थिन। घरमा दिनदिनै मासु भात अघाएर त होला नि त्यति मीठो लागेको नून मसाला बिनाको तिहुँन। बाल्यकालमा भोक र स्वाद खानामा हैन, बालकको आँखामा हुन्छ भनेको हो जस्तै लाग्छ अहिले।

समयले गति लिँदै गयो हामी बाल्यकालबाट यौवन भयौँ। यौवनावस्थाको उनको रूप देखेर नलोभिने त सायदै कोही हुन्थे होला। उनको पढाइप्रति अरुची र लालायित रूपरंग, यी दुई कुराले उनका अभिभावकलाई पिरोलिरहन्थ्यो। उनी चकचके अनि ठट्यौली पाराकी थिइन्। उनी हिँड्ने बाटोको ढुङ्गालाई समेत मोहित पार्थ्यो उनको यो स्वभाव।

कक्षा दशमा अनुत्तीर्ण भएपछि उनी एक वर्ष ट्युशन क्लास मात्र जाने गर्दथिन्। हाम्रो भेटघाटले निरन्तरता नै पाएको थियो, साँझबिहान हामी भेटेर कुरा नगरि हुन्थेन। हाम्रो कक्षा छुट्टिए पनि घनिष्टता उत्तिकै थियो।

आकर्षक रूप, यौवनावस्था प्रेमजालमा नपर्ने त कुरै थिएन। प्रेमी भने राम्रै रोजेकी रहिछन्, सरकारी जागिरे, सम्पन्न कूलघरान। परिवारले कुनै आनाकानी नगरी बिहेको अनुमति दिनुभयो। सानै उमेरमा बिहे भएपनि उनलाई कसैसँग कुनै गुनासो थिएन। माइतीले जस्तै माया गर्ने परिवार, इच्छा पुर्याइदिने श्रीमान, खुसी नै थिइन्।

मेरो उच्च शिक्षाका लागि बहिर्गमन, उनको वैवाहिक जीवन हामीबीच सामिप्यता केही कम भयो तर आत्मियता उस्तै थियो। म केही वर्षका लागि गाउँभन्दा टाढा गएँ अध्ययनका लागि। मैले गाउँ फर्केर आउन्जेलसम्म धेरै कुरा परिवर्तन भईसकेका थिए।

संयोगबस, उनको र मेरो बिहे पनि एउटै गाउँमा भयो तर दुर्भाग्य, हाम्रो भेट कहिल्यै भएन। मैले त्यो गाउँमा पाइला टेकेपछि मात्र थाहा पाएँ, गर्भवती अवस्थामै उनको श्रीमानको मृत्यु भएको अनि उनी गाउँ छोडेर काठमाडौं बसाइ सरेको। उनको बारेमा कुरा गर्नै रुचाउथेनन् त्यो गाउँबासी।

आज यति वर्षपछिको हाम्रो भेट। हाम्रो जीवनमा कति कुराहरुले कोल्टे फेरिसके र पनि हाम्रा भावना उस्तै छन, अपरिवर्तित। गतिशील यो जीवनमा हरेक पाइलामा नयाँ साथी भेटिन्छन्, कति आत्मीय पनि बन्न पुग्छन, तर बाल्यकालका साथीको महत्व सर्वोपरी हुँदो रैछ।

म आनन्दित मन लिएर घर पुगेँ। कृष्ण र सुदामा वर्षौंपछी भेट्दाको अनुभव मैले महशुस गरिरहेकी थिएँ। हाम्रा अतीतका स्मृतिहरुले पुनर्जीवन पाएका थिए। सधैं १० बजेसम्म व्यस्तताले बाधिने हातहरुले तीव्रताको गति लिएको संकेत भित्तेघडीले नौ बजेर दिइरहेको थियो।

मेरो नजर टेबलमाथि राखेको मोबाइलमा अडियो। मोबाइल हातमा लिएर उनको नम्बर डायल गरेँ। हर्षित हुँदै उनले पहिलो घन्टीमै जवाफ फर्काइन्। एकदमै भारी आवाज उनको, दिनभरीको कठोर शारीरिक परीश्रमले गले जस्तो।

‘भोलि म लिन आउँछु, तिमी रेडी भएर बस ल। यतै बसेर कुरा गरौंला’, यति भन्दै उनले फोन काटिदिइन्।

त्यो दिन बिहानै ट्याक्सी चढेर आइपुगिन् उनी मेरो आँगनमा। मैले ढिपी गर्दा पनि उनले मेरो घरमा पाइला टेक्नै मानिनन्। इच्छा हुँदाहुँदै पनि कुन्नि के बाध्यता थियो उनको, मनमा तगारो हाल्नु पर्ने। उनले बरु मलाई उनकै घर जान आग्रह गरिन्, मैले नाइँ नास्तिक गर्नै जानिनँ। मरुभूमिमा पानीको निम्ति तड्पिरहेको प्यासीलाई कसैले इनारतिर डोर्याएजस्तै। म उनलाई अनुशरण गर्दै उनको घरसम्म पुगेँ।

सुनसान एउटा फ्ल्याट, बिथोलिएका सरसमान। 'समेट्नै भ्याउदिनँ' निधारमा तन्किएका रेखाहरुले उनको असन्तुष्टी जाहेर गरिरहेका थिए। मलाई हलमा बसाएर खाने कुरा ल्याउछु भन्दै भान्छातिर छिरिन्। एक हातमा वाइन अनि अर्को हातमा फलफूलको प्लेट।

'मेरो पेशा नै यस्तै छ, पिउनै पर्ने माइन्ड नगर ल'

कोक पिउँदा नाकबाट धुँवा निस्किन्छ, सक्दिनँ भन्ने मेरी सखी आज वाइन? उनको व्यवहारमा यो परिवर्तन मलाई असहज भयो। तर पनि उनलाई केही भन्नै सकिनँ, खाली प्रश्नहरुसँग लुकामारी खेलिरहेको मेरो मनमा उनको हरेक प्रतिकृयाले हैरानी थपिदिने काम गरिरहेको थियो।

झिनामसिना गफ पनि कति हुन्, जति गर्दा पनि नसकिने। हामीबीच औपचारिकताका कुराकानी मात्र हुँदै थिए। व्यक्तिगत जीवनबारे भन्न र सुन्न दुवैलाई रहर थियो तर दुवै संकोचित, मन खुल्नै गाह्रो।

'गाउँघरतिर निकै चर्चा हुन्छ रे मेरो। तिमीले के-के सुन्न पायौ होला, सायद पत्त्यार पनि मान्यौ होला नि'? उनको प्रश्न मलाई नै थियो। म एकैछिन निशब्द कोठाको चारैतिर आँखा डुलाएँ। भित्ताभरी परलोकी श्रीमानका यादहरुलाई तस्बिर बनाएर सजाएकी थिइन्।

'गाउँभरी त तिमीले अर्कै बिहे गर्यौ रे भन्ने हल्ला थियो। माइतिमा तिम्रो दाजुसँग बुझ्न खोज्दा तिमीसँग सम्बन्ध नराखेको वर्षौं भयो भन्नु भयो।'

मेरो जवाफले उनको मन च्यातिए जस्तो भयो। उनको आँखाहरुले मनको वेदना आँसुमा परिणत गर्दै बगाउन थाले। उनले मेरो कांधमा टाउको बिसाउँदै लामो सास फेरिन्, कोशौ लामो यात्रापश्चात शितल चौतारीमा विश्राम गर्न पाए जस्तै।

'सबैलाई म गाउँ छोडेर सहर झरेको मात्र थाहा छ। मैले सुखसयलमा छोरा हुर्काएको हल्ला गाउँभरी नै फैलिएछ। तर यहाँ देखिने सत्यभन्दा लुकेका पीडाहरु गहिरा छन्। मेरो संघर्षको वास्तविकता झरेको फूलजस्तै छ, सजावटका लागि खोज्ने तर पूजा गर्न अपवित्र। धेरै महंगो रहेछ यो सहर, आफैलाई बेचेर हातमुख जोड्नसम्म पुग्ने। कहालीलाग्दो रूप मेरो जीवनको, आफैसँग लुकेर बस्नुपर्ने बाध्यता छ मेरो।'

उनले एकपछि अर्को गरी आफ्ना भोगाइ सुनाउन थालिन्। चलचित्रका चित्रहारजस्तै उनको अतीत, मलाई सुन्न यति भारी उनलाई यो बोझले कति च्याप्दो हो? उनले भनेर वा मैले सुनेर साध्यै नहुनेजति थिए उनका वेदनाहरु।

रहरले सजिनुपर्ने जीवन सेतो पर्दाले ढाकिएको, परिवारको तिरस्कार, माइतीका आँगनमा उनको कारणले उत्पन्न द्वन्द, यस्ता अगणित थिए उनका भोगाइहरु।

मेरो जिउभरी काँडा उम्रिन थाले एकाएक। उनका लफजहरुमा कम्पन पैदा हुँदै थियो। धर्तीले वर्षौंसम्म संचित गरेको शक्ति भू-कम्पको रुपमा बाहिर निस्किए जस्तै। फेरि निरन्तरता दिइन् उनले आफ्ना व्यथा अनि कथाको लहरलाई।

'मेरो भाग्यले रूप फेरेपछि एकएक गरि सबैका रूप फेरिन थाले। मसँग गर्ने उनीहरुको व्यवहार भिन्नै हुन थाल्यो। नियतिले ठगिएकी म जति अपेक्षा गरेँ त्यति नै निराशा पाएँ। घर र माइतीबाट उपेक्षित मैले आफैलाई मेटाउने प्रयत्न गरें। तर त्यो अवोध बालक, जसले पित्रित्वको छहारी गुमाएको थियो, उसलाई संघर्षको धूपमा डामिन छोड्नै मानेन यो आमाको मनले। छोराको लागि भएपनि जिवित रहनुपर्ने बाध्यता बोकेर काठमाडौं सरेँ।

अन्जान सहरमा अनगिन्ती आफन्त तर सबै बिरानै। मैले जतिका ढोका ढकढकाएँ, त्यति नै पटक लत्त्याये उनीहरुले मलाई। यति समृद्ध सहरमा बस्ने तिनीहरुको मन कति दरिद्र? कति रात सडकमै बिते। कामको खोजिमा आफै हराउन्जेलसम्म भौतारिएँ। एउटा होटेलमा साहुलाई सघाउने काम पाएँ। छोराको पेट भर्न मात्रै भएपनि मैले त्यही कामलाई निरन्तरता दिएँ।

मेरो कामको अर्थ नै परिवर्तन हुन थाल्यो। मेरो रूपरंगले आकर्षित ती ग्राहकहरुलाई पेटको भोकले भन्दा बढी शारीरिक भोकले सताउन थाल्यो। छोराको उमेर बढ्दैजाँदा मेरा जिम्मेवारीहरु पनि थपिदै थिए। बास र गास त जसोतसो पायो, अब उसको शिक्षा मेरो लागि चुनौती बन्न थाल्यो।

आवश्यकताले मान्छेको मन पापी बनाउँछ भनेको साच्चिकै रहेछ। मेरो मन पनि पापी भयो। मैले आफूलाई हिलोमा डुबाएँ। आर्थिक अभावले बाध्य मसँग अर्को कुनै विकल्प नै थिएन। मैले आफैलाई बेचेँ। मेरो वास्तविकताको कालो बादलले छोराको जीवन अन्धकार नहोस्, त्यसैले उसलाई होस्टलमै राखेर पढाएँ। बाचुन्जेल छोराले वास्तविकता थाहा पाइहाल्छ कि भन्ने डर अनि मरेपछि श्रीमानलाई के जवाफ दिउँला भन्ने ग्लानी।

चोर बिरालोको जस्तो भ्रममा म पनि मास्क र कालो चस्माको साहारा लिन्छु, आफ्नो यथार्थ लुकाउन सकभर प्रयासरत रहन्छु। मेरा अथक प्रयासका बावजुद छोराको अगाडि मेरो सत्यको पर्दा आखिर खुलेरै छाड्यो। चरित्र धुमिल भएकी आमाको सन्तान कहलाउन चाहेन उसले पनि, बरु मलाई बेसहारा छोड्न रुचायो।

यसै वर्ष उच्च शिक्षाका लागि विदेश पलायन भयो छोरो। वैदेशिक जीवनले पक्कै पनि उसलाई संघर्षको अर्थ बुझाउने छ। सात समुन्द्रपारि मेरो छोरालाई मेरो अतीतको छायाँले ओइलो पार्ने छैन।

म आफ्नो कर्मथलोमा मोस्ट डिमान्डेड जस्तै भएँ। एक फोन कलको इशारामा म उनीहरुसामु उपस्थित हुन्छु, अनि मनले मागेको रकम पाउछु। ती बटुवाहरुको थकाई मेटाउने चौतारी मेरो शरीर। मलाई डाक्न चिल्ला गाडीसमेत पठाइदिन्छन्। आफ्नो स्वार्थ पूरा गर्न हो कि मलाई सुविधा दिन हो बुझेकै छैन।'

निकै बेरको वार्तालाप, हामीलाई समयको गतिको वास्तै भएन। सन्ध्याकालका सूर्यका किरणहरु अनौठो उज्यालो धर्तीमा छोड्दै रात्रीलाई निम्त्याउदै थिए। उनको फोन बज्यो। त्यही चिल्ला गाडीका मालिकहरुमध्येका एकजना हुनुपर्छ त्यो फोनमा कुरा गर्ने।

उनी भित्र गएर गुलाफी सारी, सेतो ब्लाउज अनि मेकअपले सजिएर निस्किइन, नवविवाहित दुलही जस्तै।

'आजको कस्टुमरको यही डिमान्ड छ।'

आँसुले टालिएका नयन, कालो बादलभित्र ओझेल मन, उनलाई अंगालो बेरेर सान्त्वनाका शब्दहरु व्यक्त गर्न मन थियो। तर उनी एकसुर आफ्नो ब्याग खोजेर समान मिलाउनमै व्यस्त थिइन्, रुन पनि फुर्सद नहुने व्यस्तता।

'आफ्नै भाग्यसँग लड्दालड्दै हारिसकेँ, म थाकिसकेँ अब। कतै ढाडस लाउने चौतारी भेटेपनि हुने। यति भन्दै उनी त्यो चिल्लो गाडी चढेर गइन्, फेरि हिलोमा कमल बन्न।

त्यसपछिको हाम्रो भेटघाट चैत्र मासको झरीजस्तो हुन थाल्यो, कहिकतै अपर्झट। मलाई आफ्नो कारणले अप्ठ्यारो पर्छ कि भन्ने साह्रै पिर पर्थ्यो उनलाई। मेरो वास्तविकताले कतै तिम्रो जीवन धुमिल त हुन्न नि भन्दै प्रश्न गर्दथिन्, र मसँग कुनै जवाफ नै हुन्थेन। धेरै दिनको अन्तरालपछि मेरो मोबाइलमा उनको म्यासेज आयो।

उत्सुकताले भरिएको मेरो मन, हतार हतार म्यासेज पढेँ। 'भोली भेटौं न ल। हिजोआज अलिक सञ्चो् नभएर कुरा गर्न पाइनँ।' मात्र दुई वाक्यको म्यासेज, उनको बिसञ्चो अवस्था बारे कौतुहल मन तर प्रफूल्ल थियो भोलि भेट्ने कुराले।

'हेलो! अलिकति पैसा बोकेर आउ न, म हस्पिटलमा छु।' महिनौंदेखि थला परेको बिरामीजस्तो आवाज उनको, संकोचित तर निर्विकल्प। आर्थिक सहयोगको उनको अपील स्विकार्दै म हस्पिटल पुगेँ। उनी हलुका ज्वरो र खोकिले ग्रसित भएको महिनादिनभन्दा बेसी नै भईसकेको रहेछ।

सामान्य रुघाखोकीको औषधीले कुनै काम नगेरेकोले जचाउन खोजेको। यता डाक्टरले अनेकौं टेस्ट गर्न भनेपछि आर्थिक अभावका कारण मलाई सम्झिएकी रहिछन् उनले। डाक्टरले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको र बाँकी रिपोर्ट भोलि आउने भनेपछि हामी दुवै आ-आफ्नो गन्तव्यतिर लाग्यौँ।

भोलिपल्ट उनले आफू हस्पिटलमा भएको र आफ्नो रिपोर्ट आएको कुरा सुनाइन्। मलाई छाँगाबाट खसेझैँ भयो। मेरो हृदयले डरको सीमा नाघ्न एकपल पनि ढिलो गर्न चाहेन। मुटुको गतिको तीव्रताले उकुसमुकुस मलाई आफ्नै सासपनि भारी हुन थाल्यो। त्रासका बादल मनभित्र गर्जिन थाले। प्रभातकालको आभा पनि धमिलो भयो। आफ्नै अगाडि उभिएका मानिस समेत चिन्न सकिनँ।

मानसपटलमा उत्पन्न प्रश्नको भूमरीमा गुन्जायमान ती ध्वनिहरु अवरोध बनिरहेका थिए, मलाई मेरो सेरोफेरोसँग जोडिन। कसको प्रश्न थियो चेष्टानै छैन तर प्रतिउत्तरमा मैले हस्पिटल पुगेर आउछु भन्दै कोठाबाट बाहिर निस्किएँ।

घरदेखि हस्पिटलसम्मको लगभग १५ मिनेटको दूरी, मनमा १५ कोटी प्रश्नहरुको भूमरी, तिनै प्रश्नहरुको आँधीले मलाई गन्तव्यसम्म पुर्यायो, मैले कदम चलाएको अनुभूति नै भएन।

'म्याम हामीसँग आउनुहोस्' हस्पिटलको इन्ट्रान्समा मेरो पाउ टेकिन खोज्दा एकजना स्वास्थ्यकर्मीले मलाई आफूसँग आउन निर्देशन दिए। मलाई अझैपनि मौनताको कुरामा सत्यता नहोस् झैं लागिरहेको थियो। प्रश्नहरुको घेराभित्र कुचुक्क सिमोटिएर, कस्सिएर निस्सासिदै थिए। खुल्ला हल, तेज हावाको बहाव तर पनि मलाई सास फेर्नै गाह्रो।

मौनताको उपस्थितिले गतिशील मेरा पैताला टक्क अडिए। मेरो हातमा उनको मेडिकल रिपोर्ट राख्दै ती स्वास्थ्यकर्मीले बसेर सल्लाह गर्न आग्रह गरे। आफ्नो प्रश्नजाल तोड्न खोजेँ। हेर्न खोजेँ त्यो लुकेको रोगको अनुहार। शिशिरयामको सिरेटोले मेरो तन सिरिङ्ग पर्यो, त्योभन्दा पनि चिसो भयो मेरो मन। उनलाई एचआइभि पोजेटिभ देखिएको रहेछ।

मौनता !!! मेरो छाती भक्कानिएर छियाछिया भयो। म रोएँ, कराएँ, उनी प्रतिकृयाविहीन एकनाश भइरहिन्, निदाएझैँ। आफैसँग संघर्ष गर्दागर्दा विरक्त उनी चौतारी खोज्दै थिइन् बिसौनिका लागि। उनको रोगसँगको थप संघर्ष उनको कल्पनाभन्दा बाहिरको कुरा थियो। हातमुख जोड्न बेचेको शरीर, आयआर्जनको निर्विकल्प स्रोत नै रोगी भएपछि उनको जीवनको अन्धकार स्पष्ट नै थियो।

गोरो बाटुलो अनुहार, मिलेका आँखीभौं, लामा परेला, सर्लक्क परेको नागबेलिजस्तो उनको जीउ,सबै मूल्यहीन लाग्दै थियो उनलाई। उनको बाध्यताको दाग उनको शरीरमा रोग बनेर टांस्सिएको थियो सदाका लागी।

दीर्घरोग, नमिठो वास्तविकताबीच पनि उनको अनुहारको लाली, कोमलता अनि माधुर्यता सजाइरहुँ झैँ थियो, सिङमरमरको मूर्ति जस्तै।
यसपछिको उनको जीवन कस्तो मोड लिनेछ उनलाई पनि अन्दाज थिएन। उनले आफैलाई दोषी मान्दै थिइन् आफ्नो यस्तो अवस्थाको लागि। दोषी त अरु पनि थिए। तर, स्वार्थको कोलाहलबीच बहिरो यो समाजमा उनको गुनासो सुन्ने को नै थियो र?

डाक्टरको सल्लाह सुनेर हामी बाहिर निस्किदै गर्दा फेरि डाक्टरले थप सुझाव दिनुभयो।

'अब यो रोग तपाईंबाट अरुमा सर्न नपाओस, विशेष सावधानी अपनाउनुहोला। एक असल नागरिकको कर्तव्य पूरा गर्नुहोला।'

उनलाई चाहिने औषधी किनेर सहयोग चाहिएमा फेरि सम्झनु भन्दै हामी आ-आफ्नो घरतिर लम्कियौं।

उनले आफ्नो आशक्त अवस्थाबारे घरपरिवार, माइती अनि विदेशमा रहेको छोरालाई जानकारी गरिन्। कसैले पनि सद्भावना नदेखाएपछि आर्थिक अभावसँग जुध्न आफूसँग भएका गहना बेच्न गहना पसल पुगिन्। त्यहाबाट पनि उनले निराश भएर फर्किनु पर्‍यो।

रसिद बिनाको सुनको लेनदेन गैरकानुनी हो भन्दै गहना पसलेले पनि उनमा निराशामात्र थपिदिए। आफ्नो परिवार नै आफ्नो नभएपछि ती चिल्ला गाडीका मालिकको तिरस्कार सहने हिम्मत नै भएन उनलाई। रोगी अवस्था न धन न आफन्तको साथ, केही उपाय नलागेपछि उनले आफूलाई सरुवा रोग नियन्त्रण केन्द्रको जिम्मा लगाइन्। यी सबै कुरा उनले मलाई फोन गरेर सुनाइन, यो हाम्रो अन्तिम कुराकानी भन्दै।

यातना र छट्पटीले मलाई झन-झन सताउन थाल्यो। मेरो मनमा अनगिन्ती भावनाहरु पौडिन थाले। कस्तो बाध्यता मेरी मौनताको?

यो त थियो मैले चिनेकी मौनताको जीवनको व्यथा। कति होलान् यो समाजमा बाध्यताले शरीर बेच्ने अनि समाजको तिरस्कारले खरानी।

कठै मौनता...

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १४:३६
सिफारिस
सानो सनकमा ठूलो निर्णय गर्ने मानिसको कथा, हेर्नुस् युट्युबमा
सानो सनकमा ठूलो निर्णय गर्ने मानिसको कथा, हेर्नुस् युट्युबमा
निर्वाचन आयोग र  विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीबीच छलफल (तस्बिरहरू)
निर्वाचन आयोग र विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीबीच छलफल (तस्बिरहरू)
झापा र नवलपरासीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
झापा र नवलपरासीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
'जापान छाडेर आएकोमा पछुतो छैन, बरू आत्मबल बढेको छ'
'जापान छाडेर आएकोमा पछुतो छैन, बरू आत्मबल बढेको छ'
कांग्रेसमा 'जोर से' आएको पुस्तान्तरणको भूकम्प
कांग्रेसमा 'जोर से' आएको पुस्तान्तरणको भूकम्प
'एक जुगको एक मान्छे हो ओमकार दाइ'
'एक जुगको एक मान्छे हो ओमकार दाइ'
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

कुन दिनमा नजाने गाउँको बाटो सोध्न पुगिएछ!
भो नफुट!
चेतनाको यात्राको एक पथिक रहेछु!
तिमी नदी हौ!
माघे सङ्क्रान्तिले सम्झाएको बिछोडिएको प्रेम!
साँच्चै तिमी यति राम्री भयौ कसरी?
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

नारायण वाग्ले
प्रधानमन्त्रीको उम्मेदवार तोकौं भन्दा महामन्त्रीहरूलाई निस्कासन गर्ने पार्टी! नारायण वाग्ले
चेतनाथ आचार्य
के अमेरिका चीनलाई विश्व नेता बनाउँदैछ? चेतनाथ आचार्य
डा. निर्मल कँडेल
नेपालमा हामी बहस गर्दैनौं, अपमान गर्छौं! डा. निर्मल कँडेल
सञ्जीव पोखरेल
रवि र बालेनलाई विश्वास नगर्नेहरूका लागि एउटा 'विकल्प' हुनेछ सुधारिएको नेपाली कांग्रेस सञ्जीव पोखरेल
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

सुधन सुवेदी
हिउँ र घामको दोसाँधमा मोहम्मद, बाँसको चम्चा र खुसी! सुधन सुवेदी
National life inner
National life inner
ध्रुवचन्द्र दवाडी 'मनस्वी'
जंगलमा हराएको त्यो वन-तरुल... ध्रुवचन्द्र दवाडी 'मनस्वी'
दिनेश बज्राचार्य
सुनको पिँजडामा दुई वर्ष… दिनेश बज्राचार्य
सबिन कार्की
तेल भिसामा अस्ट्रेलिया जानु भएकी आमा! सबिन कार्की

साहित्यपाटी

नवीन प्रधान
कुन दिनमा नजाने गाउँको बाटो सोध्न पुगिएछ! नवीन प्रधान
Hardik
Hardik
नारायण खनाल 'नीलम'
भो नफुट! नारायण खनाल 'नीलम'
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
चेतनाको यात्राको एक पथिक रहेछु! रमा दुलाल
रोसन पाण्डे
तिमी नदी हौ! रोसन पाण्डे

केटाकेटीका कुरा

शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे
अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP