मलाई बारम्बार झस्काउँछ
खाडीमा भेटौँला
जापानको यात्रा सफल रहोस्
कोरियाको यात्रा सफल रहोस्
जस्ता हृदयविदारक कथनहरूले
थाकेको तन अनि मन
उदासीन आँखा
ओठमा फिक्का हाँसो
भविष्यको चिन्ता बोकेर
ती गल्लीहरूमा
ती चोकहरूमा
थुप्रै मजस्ता महरू भेटिन्छन्
सुनौलो भविष्यको खोजीमा
कयौं चाहनाहरू भत्किन्छन्
कयौं सपनाहरू भत्किन्छन्
कयौं आशाहरू अधुरा बन्छन्
कयौं सम्बन्धनहरू टुटेर जान्छन्
त्यही सुनौलो भविष्यको खोजीमा
म सक्दिनँ अब जहिले राजनीति
किचलो हेरिरहन
उराठ लाग्छ पहाड पनि
हाँसिरहेको देख्छु
पतझड पनि सुन्दर लाग्छ
तिम्रो त्यो लालच देखेर
लाग्छ सरकार तिमी हुनु र
नहुनुमा केही फरक छैन
त्यसैले अब खाडीमा भेटौँला।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९, ११:१२:४८