Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, साउन ७, २०८३ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

मन

प्रतिमा खड्का क्षेत्री

चैत १७

कविता

कति स्वतन्त्र छन्
ती हिमालहरू
हिउँले छाडी गए पनि
कहिले शिर झुकाएका छन् र?

मलाई पनि
त्यो परको हिमाल झैं
अनवरत ठडिन मन छ
काला पत्थर नै सह
अविच्छिन्न अग्लिरहन मन छ

तर तिनै मान्छे  
मेरो शिरमा टेकेर
एडमन्ड हिलारी भै दिन्छन् 
जुन्को तावेईभै दिन्छन् 
मलाई खोपेर
म भन्दा 
एक मान्छे अग्लो भै दिन्छन् ...!!

मलाई तिमी जस्तै
एक छिनको
अग्लो मान्छे हुनु छैन
अरूलाई टेकेर अग्लो भएकोमा
उत्सव मनाउनु पनि छैन
काला पत्थर नै सही 
अनवरत
अबिच्छिन्न
अविचलित
हिमाल झैं ठडिरहन मन छ

मलाई टेक
म भन्दा एक मान्छे अग्लो हौ 
र 
मलाई जितेकोमा उत्सव मनाऊ
लेखाऊ तिम्रो नाम
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा

तर तिमी म भन्दा
यथार्थमा
अझ होचो होचो हुँदै गएका छौ
र मेरो मन
हिमाल सँगै पग्लिरहेको छ
र पग्लिँदै अग्लिरहेको छ.....!

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १६:४६
सिफारिस
१४ वर्ष अन्तरमा एउटै घरमा धुर्वेले दिएको पीडा, के भन्छ परिवार?
१४ वर्ष अन्तरमा एउटै घरमा धुर्वेले दिएको पीडा, के भन्छ परिवार?
इरान युद्धमा मध्यस्थता गरेपछि पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर!
इरान युद्धमा मध्यस्थता गरेपछि पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर!
नेपाल फर्केर आफूपक्षीय भेलामा जालान् देउवा?
नेपाल फर्केर आफूपक्षीय भेलामा जालान् देउवा?
प्रधानमन्त्रीको नीतिमा 'यु-टर्न'– प्रमुख सल्लाहकार बेनलाई दिल्ली पठाएर डोभलसँग भेट
प्रधानमन्त्रीको नीतिमा 'यु-टर्न'– प्रमुख सल्लाहकार बेनलाई दिल्ली पठाएर डोभलसँग भेट
अमेरिकामा एस्ट्राजेनेकाकी साइन्टिस्ट डा. समानता
अमेरिकामा एस्ट्राजेनेकाकी साइन्टिस्ट डा. समानता
नवनिर्वाचित अध्यक्षको ‘डिजिटल आइक्यान’ रोडम्याप, जिपिएस ट्र्याकिङबाट अनुगमन योजना
नवनिर्वाचित अध्यक्षको ‘डिजिटल आइक्यान’ रोडम्याप, जिपिएस ट्र्याकिङबाट अनुगमन योजना
कर्णालीमा सवारी कारबाहीबाट तीन करोड ४१ लाख राजस्व संकलन
कर्णालीमा सवारी कारबाहीबाट तीन करोड ४१ लाख राजस्व संकलन
मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई
मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फर्छ्यौट
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फर्छ्यौट
थप

साहित्यपाटी

आफू हुर्किएको गाउँ!
महिलाको पीडा!
कथा कालो चस्माको!
म!
‘त्यो महिला कहाँ छे नि आजकल?’
असारको झरीमा तिमी!

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP