प्रेम
सम्मान हो,
इज्जत हो,
संस्कार हो,
प्रतिष्ठाको एउटै उज्यालो शब्द हो।
प्रेम साहस हो,
हिम्मतको धड्कन हो,
आँटको काँध हो,
शक्ति र सामर्थ्यको मौन शक्ति हो।
प्रेम कुनै कमजोर भाव होइन,
यो त
प्रार्थनाको स्वर हो,
हौसलाको हात हो,
सल्लाहको आँखा हो,
र जीवन देखाउने
मार्गनिर्देशक दीप हो।
प्रेम जीवनको
रङ्गिन रङ्गमञ्च हो—
जहाँ आँसु पनि अर्थ राख्छ,
जहाँ हाँसो पनि
संघर्षबाट जन्मिन्छ।
प्रेमले
कहिल्यै असफलता दिँदैन,
कहिल्यै मृत्यु बोकेर आउँदैन,
कहिल्यै पीडाको विष खुवाउँदैन।
बरु
थाकेको जीवनलाई
शुद्ध अक्सिजन दिन्छ,
फेरि बाँच्ने कारण दिन्छ।
यदि प्रेमलाई
केवल मनले महसुस गर्ने
एउटा यन्त्र सम्झियौ भने
त्यसको आयु हुँदैन—
न त थाक्छ,
न त समाप्त हुन्छ।
प्रेममा
छल हुँदैन,
कपट हुँदैन,
अशुद्धता हुँदैन,
धोका र स्वार्थ
प्रेमको शब्दकोशमै छैनन्।
जति पावरफुल शब्द छन् संसारमा
तिनमध्ये
सबैभन्दा शान्त,
तर सबैभन्दा बलियो
शब्द हो—
प्रेम।
दूरीले
कहिल्यै प्रेम फिका बनाउँदैन
किनकि प्रेम
न आँखाले देखिने दूरी हो
न हातले नापिने नक्सा।
प्रेम त
आत्माले आत्मासँग
बोल्ने भाषा हो ।