THE WHEELS– 2
नेपालमा एमजी गाडी भित्रिएको ९ वर्ष भइसकेको छ।
चीनमा निर्मित एमजीका गाडीहरू नेपालमा पारामाउन्ट मोटर्स प्रालिले बिक्री गर्दै आइरहेको छ।
दर्जनौं इभी ब्रान्डको बजारमा एमजीले ९ वर्षको अन्तरालमा राम्रै पकड बनाएको छ।
यही सन्दर्भमा 'द ह्विल्स' को आजको अंकमा एमजी नेपाल अर्थात पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनील बहादुर क्षेत्रीसँग कुराकानी गरेका छौं। क्षेत्रीसँग दुई दशकभन्दा बढी नेपालमा अटोमोबाइल क्षेत्रमा काम गरेको अनुभव छ।
हामीले उनीसँग नेपाली बजारमा इभीको बहाब, इभीको पूर्वाधार, सुरक्षा, रेन्ज, अभाव भएका सरकारी नीतिहरूका बारेमा कुराकानी गरेका छौं।
हेर्नुहोस् भिडिओ कुराकानीः