नेपाल कम्युनिष्ट पार्टीका प्रदेश ३ का इन्चार्ज नारायण दाहाललाई पितृशोक परेको छ।
दाहालका बुवा कुलप्रसाद दाहालको गएराति आफ्नै निवास भरतपुरमा निधन भएको हो।
२०३६ सालदेखि किसान संगठनमा आवद्ध भएर भूमिगत राजनीति गरेका गरेका दाहाल २०१९ सालमा कास्कीबाट बसाईं सरेर चितवन पुगेका थिए।
नारायण दाहालसहित उनका चार छोरा र दुई छोरी छन्। दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ठूलाबुवा हुन्।
उनको निधन भएको खबर आएपछि प्रचण्ड बिहानै चितवन पुगेका छन्। उनको आजै देवघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।