एमाले नेता सुरेन्द्र पाण्डेले अबको एमाले बन्द कोठाको षड्यन्त्रबाट होइन, कार्यकर्ताको भावनाबाट चल्नुपर्ने बताएका छन्।
मंगलबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै नेता पाण्डेले अबको एमाले केही सीमित व्यक्तिको 'क्यालकुलेसन' बाट होइन, आम कार्यकर्ताको भावना र आधुनिक कार्यपद्धतिबाट चल्नुपर्ने बताएका हुन्।
उनले लेखेका छन्, 'पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा? यो जायज प्रश्न हो। हामीले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्यौं र गल्तीहरू औंल्यायौं। ती आवाज गम्भीरतापूर्वक सुन्नु र छलफल गर्नुको साटो नोट अफ डिसेन्टको एउटा कुनामा मात्र सीमित गरियो। जब बैठक सुन्ने र सुध्रिने थलो होइन, केवल सुनाउने र हुकुम दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहंकारले ठाउँ पाउँछ।'
उनले थप भनेका छन्, अबको एमाले बन्द कोठाको षड्यन्त्र वा केही सीमित व्यक्तिको क्यालकुलेसनबाट होइन, आम कार्यकर्ताको भावना र आधुनिक कार्यपद्धतिबाट चल्नुपर्छ।'