माछापोखरीमा डुबेर झापामा तीन वर्षीय बालिकाको मृत्यु भएको छ ।
जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुरका नरमोद राईको ३ वर्षीय छोरी थानिया राईको बुधबार बिहान छिमेकीको माछा पोखरीमा डुबेर मृत्यु भएको स्थानीय दुर्गा नेम्वाङ्गले वताएका छन ।
आफ्नै दिदीहरुसँग खेल्न बाटोमा निस्किएकी थानिया हराएपछि खोजी गर्नेक्रममा माछा पोखरीमा डुवेको अवस्थामा फेलापरेकी थिइन ।
थानियाको घर र माछा पोखरी ३ सय मिटरको दुरीमा छ । स्थानीय ज्योफ्रि ईङ्लिश बोर्डिङ्ग स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत बालिकाको शव दमक अस्पतालमा पोष्टमार्टम गरिएको छ ।
स्थानीयका अनुसार दशैमा टिका थाप्न घरमा पाहुना आएका थिए । टिकाको कार्यक्रम घर भित्र चलिरहेको बेला थानिया माछा पोखरीमा डुवेकी स्थानीयबासीले बताएका छन ।