नेकपा एमालेको वडा अधिवेशन अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। वीरेन्द्रनगरका १६ वटै वडामा नेतृत्व सर्वसम्मत् चयन भएको हो।
अधिवेशनबाट वडा नम्बर १ मा हरि पौडेल, २ मा लालसिंह सुनार, ३ मा विनोदसिंह विष्ट, ४ मा नवराज कँडेल, ५ मा बासु आचार्य, ६ मा चक्र खड्का, ७ मा खड्कबहादुर दर्लामी, ८ मा देवी पौडेल अध्यक्षमा चयन भएका छन्।
यस्तै, वडा नम्बर ९ मा धनबहादुर सलामी, १० मा लक्ष्मी शाही, ११ मा रविन्द्र रेग्मी, १२ मा चुडामणी चपाइँ, १३ मा वासुदेव पौडेल, १४ मा नवराज रोकाय, १५ मा हिक्मत वली र १६ मा भूपेन्द्र ज्ञवाली चयन भएको नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य मोहनमाया ढकालले जानकारी दिइन्।
यता, दाङका ९ वटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ।
सबैभन्दा पश्चिमको बबई गाउँपालिकामा भने आकांक्षी धेरै भएका सर्वसम्मत नेतृत्व चयन भइसकेको छैन।
तुलसीपुर उपमहानगरपालिकाको नगर कमिटी अध्यक्षमा माधब वली, घोराही उपमहानगरपालिकामा भागिराम चौधरी र लमही नगरपालिकामा दण्डिराम चौधरी नगर अध्यक्ष भएका छन्।
त्यस्तै, दंगीशरण गाउँपालिकामा रेशम वली, शान्तिनगरमा झकबहादुर केसी, बंगलाचुलीमा पुष्पराज भण्डारी, राप्तीमा मदन अधिकारी, गढवामा बाबुराम अधिकारी र राजपुर गाउँपालिकामा हेमकुमार जिसी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्।
इलाम नगरपालिकाको अध्यक्षमा तिलक ठकुरी निर्वाचित भएका छन्, देउमाई नगर कमिटीको अध्यक्षमा भीमलाल खनाल चुनिएका छन्।
माइजोगमाई गाउँपालिका कमिटी अध्यक्षमा खगेन्द्र घिमिरे र रोङ गाउँपालिकामा खड्ग आले चयन भएका छन्।
सुर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा नेतृत्व चयनको प्रक्रिया भइरहेको छ।
चुलाचुली गाउँपालिकाको अध्यक्षमा दुर्गा लिम्बू चयन भएका छन्।
माईमा बन्द सत्र सुरू भएको छ। फाकफोथुम गाउँपालिका र माङ्सेबुङ गाउँपालिकामा वडा अधिवेशन समेत भएको छैन।