नेकपा (एमाले) निकट युवा संघमा विवाद देखिएको छ। युवा संघका इन्चार्ज महेश बस्नेत र अध्यक्ष किरण पौडेलले एकलौटी ढंगले आयोजक कमिटी गठन गरेको भन्दै अर्को पक्षले असन्तुष्ट जनाएको छ।
असन्तुष्टि जनाउनेहरूमा उपाध्यक्षहरू अमित लामा, उर्मिला सुनुवार, रोशन बस्नेत लगायत छन्। उनीहरूले पार्टीका शीर्ष नेताहरूलाई समेत ध्यानाकर्षण गराएका छन्।
पुस २८ र २९ गते पोखरामा भएको सचिवालय बैठकबाट एकतर्फी रूपमा आयोजक कमिटी घोषणा गरिएको भन्दै असन्तुष्ट पक्षले त्यसको पुनर्विचार गर्नुपर्ने माग राखेको छ।
'केन्द्रीय सदस्य सबैलाई महाधिवेशन आयोजक कमिटीमा राख्नुपर्छ भनेर हामीले भनेको हो। त्यति गर्न नसके सचिवालय सदस्यलाई आयोजक कमिटीमा राखौं भनेका हौं,' युवा संघका असन्तुष्ट पक्ष नेताले भने,'उहाँहरूले आफूखुसी प्राइभेट कम्पनीमा समेत नहुने काम गर्नुभएको छ। यो हामीलाई मान्य छैन।'
युवा संघमा १३ सय ५१ जनाको केन्द्रीय कमिटी छ भने ४ य १९ सदस्यीय सचिवालय छ। आयोजक कमिटी ३ सय ५१ सदस्यीय बनाइएको छ।
एक पक्षीय ढंगले अघि बढे आफूहरूले समानान्तर गतिविधि गर्ने असन्तुष्ट पक्षका अर्का एक नेताले बताए।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८, ०७:१४:१८