राप्रपाकी नेता रेखा थापालाई पार्टीले केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ।
पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार थापालाई कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन्।
यसअघि उनलाई राप्रपाले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। राप्रपाको महाधिवेशनमा थापा महामन्त्री पदमा पराजित भएकी थिइन्।
थापा यसपालि चुनावमा मोरङ ३ बाट उम्मेदवार हुने तयारीमा छिन्।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९, २०:४६:००