कोशी प्रदेश सरकारमा माओवादीका तर्फबाट मन्त्री रहेका दुई जना मन्त्रीले राजीनामा र दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन्।
मंगलबार माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन्।
‘कोशी प्रदेश सरकारमा मन्त्री भई कामकाजमा सहयोग गर्दै आएकोमा हाल बदलिएको राजनितिक परिस्थितिका कारण नेकपा माओवादी केन्द्र पार्टीले तपाईंको नेतृत्वमा रहेको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेकोले तपाईंको सरकारमा रही निरन्तरता दिन नसक्ने अवस्था सिर्जना भएकोमा आजको मितिबाट लागु हुने गरी मन्त्री पदबाट राजीनामा गरेको छु,’ उनीहरूको राजीनामा पत्रमा उल्लेख छ।