नेपाली कांग्रेस मधेस प्रदेशको पहिलो सम्मेलन जनकपुरधाममा सुरू भएको छ।
बिहीबार दिउँसो सम्मेलनको उद्घाटन सत्र चलिरहेको छ। सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गरेका छन्।
सम्मेलनमा सभापति देउवासहित केन्द्रीय पदाधिकारीहरू पुगेका छन्। पदाधिकारीहरूलाई मञ्चमा राखिएको छ।
पूर्वउपसभापति विमलेन्द्र निधि पनि सम्मेलनमा पुगेका छन्। निधि मञ्चमा नबसी दर्शकदीर्घामा बसेका छन्।
मर्यादाक्रम मिचेर नेताहरूको आसनग्रहण गराइएको भन्दै निधि मञ्चमा जान नमानेका हुन्।
प्रदेश महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ श्रेष्ठले नेताहरूलाई मञ्चमा आसनग्रहणका लागि पटक-पटक आग्रह गरेका थिए। निधिको नाम पटक-पटक लिए पनि उनी मञ्चमा गएका छैनन्।
यसैबीच नेता शेखर कोइराला पनि मधेस सम्मेलनमा गएका छैनन्।
सभापति देउवापछि वरीयता (विशिष्ट अतिथि) नबनाएको भन्दै कोइराला पक्षका ८ जना नेताले बुधबारको बैठकमा फरक मत राखेका थिए। कोइराला आज सुनसरी गएका छन्।
यो पनि:
मधेस कांग्रेस सम्मेलनमा शेखरलाई विशिष्ट अतिथि नबनाउने भएपछि ८ नेताले राखे फरक मत
शेखरको वरीयतालाई लिएर कांग्रेसमा फेरि विवाद