पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सोमबार दिउँसो ४ बजे बस्ने छ ।
बैठकमा सरकारमा सहभागिता, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बिहान ८ बजे बसेको थियो। थप छलफल गर्न बैठक पुनः बस्न लागेको हो।
नयाँ गठबन्धन अनुसार सोमबार सानो आकारको मन्त्रिपरिषद् गठन हुँदैछ। सत्ता गठबन्धनमा रहने बताएको जसपाले मन्त्रीको नाम भने पठाएको छैन।