प्रतिनिधि सभा सदस्य विजुला रायमाझीले गृहमन्त्री र कानुन मन्त्रीलाई देशमा छोरीहरू कसरी सुरक्षित हुन सक्छन् भनेर प्रश्न गरेकी छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद रायमाझीले छोरीहरू समाजमा जताततै असुरक्षित रहेका बताइन्।
उनले छोरीको बारेमा आवाज उठाउने अभियन्ताहरू पनि राज्यबाट असुरक्षित भए के गर्ने भनेर पनि प्रश्न गरिन्।
‘गृहमन्त्री र कानुन मन्त्रीलाई प्रश्न, नेपालमा अवाला दृष्टिविहिन, बोल्न नसक्ने, असहाय, विपन्न छोरीहरू कसरी सुरक्षित हुन सक्छन्? छोरी यो समाजका सृष्टिकर्ता त हुन् नै तर कसैका बहिनी, श्रीमती, भाउजू, बुहारी, आमा, सासू, माइजू र साथी पनि हुन् भन्ने भावना कहिलेदेखि विकास हुन्छ? छोरी गर्भमा, काखमा, घर, समाज, विद्यालय, कार्यस्थल, गाडी, बाटोमा, पँधेरो, वनजंगलमा कहीँ सुरक्षित देखिएन! यो देशमा छोरीको बारेमा आवाज उठाउने अभियन्ता पनि राज्यबाट असुरक्षित भएभने हामी के गरौँला?’
उनले महिला हिंसा गर्नेहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै अदालतबाट उन्मुक्ती पाउने गरेका पनि बताइन्।