नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले विकासको नायक रहेको बताएका छन्।
नेकपा एमाले रुपन्देहीको हालै सम्पन्न नवनिर्वाचित कमिटीलाई पदस्थापन गराउँदै उपाध्यक्ष पौडेलले विकास निर्माण र राजनीतिलाई सँगसँगै लैजानु पर्ने बताए।
पाैडेलले सबै नेता कार्यकर्ता विकाससँग जाेडिँदै जान पनि आग्रह गरे।
उनले भने, ‘विकास र राजनीति सँगसँगै लैजानुपर्छ।’
सर्वसम्मत नेतृत्व चयनले पार्टीलाई उत्साहित र विरोधीलाई निराश बनाएको भन्दै उनले निर्वाचित कमिटी एक भएर लाग्न आग्रह गरे।
‘काम गर्दै जादा अन्तरविरोध उत्पन्न भए छलफल गरेर समाधान गर्न सकिन्छ तर, एकले अर्काको आलोचना विरोध गरेर समय व्यतीत गर्ने परिपाटी आजैबाट त्याग्नुस्,’ उनले भने।
एकताको तागत अतुलनीय हुन्छ भन्ने कुरालाई व्यवहारिक बनाउन उनले नयाँ निर्वाचित कमिटीलाई निर्देशन पनि दिए।
‘गुण र दोष दुबै थाहा पाएका आफ्नै कमरेडलाई एकआपसमा दोषारोपण गरेर होइन, हरेकले गुणलाई आत्मसाथ त गरेर कमिटीलाई चलायमान बनाउनुपर्छ,’ उनले भने।
पूर्व उपप्रधानमन्त्री समेत रहेका पाैडेलले च्यासलकाे नीति सिंहदरबार, बुटवलकाे निर्णय देउखुरि र हरेक पालिकाकाे नीति स्थानिय सरकारमा लैजाने गरी निर्वाचन जितेर मात्रै जनताकाे अपेक्षा पूरा गर्न सकिने बताए।
गत जेठ २३ र गते सम्पन्न अधिवेशनले यज्ञ गैरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो।