गृह मन्त्रालयले एक्सन एण्ड कन्ट्रोल रूम सञ्चालनमा ल्याएको छ।
शुक्रबार उपप्रधान एवं गृहमन्त्रीको कार्यकालको एक सय दिन पुगेको अवसरमा गृह मन्त्रालयले ‘एक्सन एण्ड कन्ट्रोल’ रुम सञ्चालनमा ल्याएको हो।
गृह प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मन्त्रालयमा स्थापित रुमले प्रदेशगत सूचना र गुनासो संकलन, विश्लेषण र समाधानका लागि तत्काल पहल गर्ने जनाएको छ।
सर्वसाधारणले टेलिफोन, इमेल आदिमार्फत कन्ट्रोल रुपमा सूचना दिन सक्ने भनिएको छ।
कन्ट्रोल रूममा २४ सै घण्टा मान्छे खटिने प्रवक्ता भट्टराईले बताए।