काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्ताव पेश गरेका छन्।
शुक्रबार बसेको १५ औं नगर सभाको अधिवेशनमा मेयर बालेनले प्रस्ताव पेश गरेका हुन्।
यस वर्ष पनि ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को नारालाई निरन्तरता दिँदै मेयर बालेनले नीति प्रस्ताव पेश गरेका हुन्।
२० जना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म करमा शत प्रतिशत छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै, दुई सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको हकमा सेन्ट्रल किचनको अधारणा ल्याइएको छ भने दिवा खाजाका लागि डाइट प्लानको समेत परिकल्पना गरिएको छ।
यस्तै, विद्यार्थीलाई पढ्दै कमाउन पार्ट टाइम काम गर्न प्रबर्धन मिलाइने उल्लेख छ। सम्पदा क्षेत्रलाई नो भेहिकल जोन बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।
आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन र अन्तरसम्बन्धित क्षेत्रसहित ६२ बुँदे नीति तथा कार्यक्रम मेयर बालेनले प्रस्ताव पेश गरेका थिए।
हेर्नुहोस् महानगरको पूरा नीति तथा कार्यक्रम-