नेपाली कांग्रेसले 'क्रान्तिदेखि शान्तिसम्म' का अवधिको फोटो प्रदर्शनी गर्ने भएको छ।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीका अवसरमा यही असार १८ गते फोटो प्रदर्शनी हुनेछ।
उक्त प्रदर्शनीको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।
कांग्रेसले 'क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी' का लागि दुर्लभ फोटोहरू भए असार १५ गतेभित्र पठाइसक्न आग्रहसमेत गरेको छ।
फोटो प्रदर्शनीका अवसरमा विज्ञ वक्ताहरूले विमर्शसमेत गर्ने कांग्रेस प्रचार विभागले जनाएको छ।
