प्रतिनिधि सभाको मंगलबारको शून्य समयमा बोल्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले नाम टिपाएकी थिइन्।
सभामुख देवराज घिमिरेले सांसद श्रेष्ठलाई बोल्नका लागि समय दिन तीन पटकसम्म नाम पनि उच्चारण गरे तर श्रेष्ठ बोलिनन्।
सांसद श्रेष्ठले शून्य समयमा धारणा नराखेपछि उनले किन बोलिनन् भन्ने चासो छ।
उनले भारतको ओडिसामा भएको घटनाबारे बोल्न सोमबार सभामुख घिमिरेसँग समय माग गरे पनि पाएकी थिइनन्। सोही सन्दर्भलाई जोडेर मंगलबार समय पाए पनि नबोलेको हो कि भन्ने चर्चासमेत छ।
रास्वपाका एक सांसदका अनुसार त्यसो होइन। मंगलबार प्रतिनिधि सभा बैठक सुरू हुँदा सांसद सुमना श्रेष्ठ बैठक कक्षमा उपस्थित थिइन्।
तर शून्य समयमा सभामुखले नाम बोलाउँदा भने उनी बैठक कक्षबाट निस्किसकेकी थिइन्। त्यसैले उनले नबोलेको रास्वपाका ती सांसदले सेतोपाटीलाई बताए।
‘सभामुखज्यूले नाम उच्चारण गर्दा सुमना श्रेष्ठ बैठकमा हुनुहुन्थेन, टाउको दुखेकोले घर गइसक्नु भएको थियो,’ ती सांसदले भने।
बैठकमा बोल्न नाम टिपाएकालाई प्राय: सभामुखले तीन पटकसम्म नाम बोलाउने गर्छन्। यो प्रचलन नै हो। अरूबेला पनि यस्ता घटना भइरहन्छन्।
यो पनि:
नाम टिपाए पनि बोलिनन् सांसद सुमना श्रेष्ठ
सांसद सुमना श्रेष्ठले दादागिरी देखाएको सभामुखको आरोप