पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि भन्दै नेपालीहरूलाई साथ दिन आह्वान गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले विज्ञप्ति निकाल्दै समर्थन जनाएका छन्।
महामन्त्री राणाले बुधबार निकालेको विज्ञप्तिमा पूर्वराजा शाहबाट आएको अभिव्यक्तिको स्वागत गरिएको छ।
देशलाई संकटमुक्त राख्न सबै राष्ट्रवादी र प्रजातन्त्रवादी देशभक्त जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न पनि महामन्त्री राणाले अपिल गरेका छन्।
यो पनि:
कार्यकाल सकिनु १० महिनाअघि नै लिङ्देनलाई धवल शमशेरको चुनौती
धवल शमशेरको प्रतिवेदन- प्रचण्ड नेतृत्वको सरकारमा जाँदा ओरालो लाग्यो राप्रपा
राप्रपाभित्र पछिल्लो समय महामन्त्री राणा पूर्वराजा शाहसँग नजिकिएको चर्चा हुन थालेको छ। उनले माघमा भएको केन्द्रीय समिति बैठकमा पनि फरक राजनीतिक विचार पेस गरेका थिए।
महामन्त्री राणाले पूर्वराजाको समर्थनमा विज्ञप्ति जारी गरेपछि यसबारे राप्रपाभित्र छलफल पनि चलेको स्रोतको भनाइ छ।
यस्तो छ विज्ञप्ति;
