नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले खुमलटार पुगेर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भारतका विदेशसचिव मिस्री आइतबार काठमाडौं आएका थिए।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आएका उनले अध्यक्ष प्रचण्डलाई निवास खुमलटार पुगेर भेट गरेका हुन्।
त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ।
अध्यक्ष प्रचण्डलाई भेट्नुअघि विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए।