नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर ५ र ६ गते गण्डकी प्रदेश अधिवेशन गर्ने भएका छन्।
शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त पक्षले प्रदेश अधिवेशन मिति घोषणा गरेको हो।
प्रदेश अधिवेशन मूल आयोजक समितिका संयोजक मेखलाल श्रेष्ठका अनुसार मंसिर ५ गते अधिवेशन उद्घाटन हुनेछ। देउवाले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
कांग्रेस संस्थापन इतर पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्दैछन्।
अहिलेसम्म ४० भन्दा बढी जिल्लामा अधिवेशन सकिएको देउवा पक्षले जनाएको छ।