नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी समाजवादको आधारशिला भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो देशमा ३४ हजार बढी सहकारी रहेको भन्दै यसलाई नियमन गर्न जरुरी रहेको बताएका हुन्।
उनले न्याय फलनोलाई चाहियो भन्दा पनि पीडितले न्याय पाउनुपर्ने बताए।
'कम खाएर बुटवलकी सीता दर्जीले जम्मा गरेको पैसा बुटवलको सुप्रिम सहकारीले डुबायो। न्याय उनीहरुलाई नै चाहिएको छ । सरकारले सीता दर्जीलाई सम्झिरहेको छ की छैन मैले सोध्नुपर्छ । यो देशमा एउटा सीता पूजिन्छन्, अर्की सीता लुटिन्छन्,' उनले भने।
सहकारीबाट ठगिएका व्यक्तिले सहकारीमा जम्मा गरेको पैसा पाउने स्थितिको निर्माण गर्न जरुरी रहेको बताए।
सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुने विश्वास उनले बताए।-न्युज एजेन्सी नेपाल