नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर प्रहरीको नियन्त्रणमा छन्।
उनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएर म्याद थप गर्न महरलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ।
महरविरूद्ध भदौ ९ गते पक्राउ पुर्जी जारी भएको थियो।
‘उहाँ आफै प्रहरी सम्पर्कमा आउनुभएको हो, अहिले उहाँलाई अदालतमा लगिएको छ, उहाँविरूद्ध हुलाकमार्फत जाहेरी आएको थियो,’ प्रहरी स्रोतले भन्यो।
विद्युतीय कारोबार ऐन २०६३ को कसुरअनुसार उनीमाथि पक्राउ पुर्जी जारी भएको थियो। ऐन महरविरूद्ध साइबर ब्युरोमा पनि मुद्दा छ।
एमालेले केही समयअघि महरलाई आचरणको प्रश्न उठाउँदै केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो। तर बझाङ प्रदेश सभा क्षेत्रमा उपनिर्वाचनअघि उनको निलम्बन एमालेले फुकुवा गरेको थियो।
यसअघि पनि उनीविरूद्ध प्रहरी कार्यालयमा उजुरी पर्ने गरेको थियो।