प्रधानमन्त्री केपी शर्मा ओलीले तियानजिनमा एससिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन्।
सोमबार ओलीले चीनस्थित एससिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै जलवायु परिवर्तन, महामारी, साइबर खतरा र आर्थिक झट्काले पारेका असरविरूद्ध लड्न आह्वान गरेका हुन्।
यस्तै, प्रधानमन्त्री ओलीले यी दबाबपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न एससिओले आफूलाई पुनरूत्थान गर्नुपर्नेमा जोड दिएको बताएका छन्।
'एससिओ सदस्यताको लागि नेपालको आकांक्षा साझा गर्दै, मैले बृहत्तर कनेक्टिभिटी, परामर्श र सहयोगमा आधारित बहुपक्षीयताको लागि आह्वान गरेको छु,' उनले लेखेका छन्।