प्रधानमन्त्री केपी शर्मा ओली र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ।
साघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबीच सोमबार भेटवार्ता भएको हो।
भेटवार्तामा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको छ।
उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।