नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता हुन नआएको सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको बताएका छन्।
संसद भवन नयाँ बानेश्वर परिसरमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले समयमा काम नगर्ने र सञ्चालन हुने वातावरण नमिलाएका कारण यो समस्या आएको दाबी गरे।
‘सरकारले समयमा काम नगर्ने, त्यस्तो वातावरण नबनाउने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ। यसको हामी विरोध गर्दछौं,’ उनले भने।
उनले नियमन गर्ने कुरा आवश्यक रहेको पनि बताए।
‘तर यसका लागि सरकारले कहाँ समस्या हो, केके हो हेरेर बल्ल नियमन गर्नुपर्छ। सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुन्छ, यो कुरा सरकारले ख्याल गर्नुपर्छ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)