नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न नपाइने बताएका छन्।
काठमाडौंमा बिहीबार भएको एक कार्यक्रममा बोल्दै सभापति देउवाले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र जनताको लागि काम गर्नुपर्ने बताए।
‘संसदमा सबैभन्दा ठूलो पार्टी हाम्रो छ, त्यसकारण हामीले तपाईंहरूका कुराहरू लागू गर्न सक्दछौं। हामी अरू पार्टीलाई पनि सहभागी गराउनसक्छौं। कर्मचारीको हक हित हेर्ने हो। कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन। देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो। कुनै पार्टीको लागि काम गर्ने होइन। चुनावमा कसलाई भोट दिने कसलाई नदिने उसको कुरा हो त्यो तर पार्टीको आदेश मान्ने होइन।’
सभापति देउवाले सरकारी सेवाहरू चुस्त र दुरूस्त बनाउन कर्मचारीहरू क्रियाशिल हुनुपर्ने बताए। २१ औं शताब्दीको आकांक्षाअनुरूप जनतालाई छिटो, छरितो सेवा दिनुपर्ने बताए।
(न्युज एजेन्सी नेपाल)