नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टीभित्र गुटगत गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल गरेको छ।
बिहीबार बसेको पदाधिकारी बैठकले पार्टीभित्र गुट तथा स्वार्थ समूह भत्काउने र गुटगत गतिविधि अनुगमन गर्ने स्थायी समिति बैठकको निर्णयबारे छलफल भएको पार्टीका प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।
उनका अनुसार त्यस प्रकारका गतिविधिहरूलाई नियन्त्रण गर्न अनुगमन समिति बनाउने विषयमा छलफल भएको उनले बताए।
बैठकमा विभिन्न समयमा एकता प्रक्रियामा आएकाहरूको जिम्मेवारी र कार्यविभाजनबारे समेत छलफल भएको जनाइएको छ।
यस्तै, बैठकले भदौको तेस्रो सातादेखि हुने मध्यपहाडी जनजागरण अभियानको स्वरूप बारेमा छलफल गरेको छ।
विभिन्न वाम पार्टीसँग भइरहेको एकताको पहलबारे समेत छलफल उनले बताए।
माओवादी केन्द्रले समाजवादी मोर्चामा रहेका एकीकृत समाजवादी, नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, महेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलगायतसँग एकता गर्ने निर्णय गरेअनुरूप आन्तरिक छलफल तीब्र रूपमा गरेको छ।