नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका लागि अध्यक्ष केपी शर्मा ओलीले ७ सदस्यीय लेखन समिति घोषणा गरेका छन्।
समितिको संयोजक सचिव योगेश भट्टराई तोकिएका छन्।
समिति सदस्यहरुमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटव्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल रहनु भएको छ ।
समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजिविकाको चासो बारे महाधिवेशनको धारण तय गर्ने संयोजक सचिव भट्टरार्ईले बताए ।
प्रस्ताव तयारीका लागि समितिको बैठक केही बेरमा बस्ने भट्टराईले बताए।