नेकपा (एमाले) ले केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विजय सुब्बालाई चयन गरेको छ।
ललितपुरको गोदावरीमा भएको दोस्रो राष्ट्रिय विधान महाधिवेशनले सर्वसम्मत रूपमा उनलाई निर्वाचन आयोग अध्यक्ष चयन गरेको हो।
उपाध्यक्षमा सानुराज पोखरेल, सचिवमा कुन्साङ लामा, सदस्यमा महेशकुमार नेपाल, बाबुराम दाहाल, रिता सिंखडा, टंक उप्रेती, पत्रित्रा निरौलालगायत छन्।
विधान महाधिवेशनमा पेस गरिएका सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित पनि भएको छ।