नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र छिरेका केही प्रदर्शनकारीहरूलाई प्रहरीले बाहिर निकालेको छ।
सोमबार दिउँसो जेनजीले नयाँ बानेश्वर क्षेत्रका सडकमा प्रदर्शन गरेका थिए। सोही क्रममा १०/१५ जना प्रदर्शनकारीहरू संसद भवन परिसरभित्र छिरेका थिए।
उनीहरूलाई प्रहरीले बाहिर निकालेको छ। राष्ट्रिय सभा सांसद मायाप्रसाद शर्माका अनुसार प्रदर्शनकारीहरूलाई बाहिर निकालेको देखिएको छ। उनी राष्ट्रिय सभा बैठकमा भाग लिन संसद भवन पुगेका थिए।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजीले प्रदर्शन गरेका हुन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशसमेत जारी गरिसकेको छ।
सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्यू आदेश जारी भएको हो।