संघीय संसद भवनको दुई नम्बर गेटमा आगलागी भएको छ।
गेटनजिकै आगो लगाइएको हो। प्रदर्शनकारीहरूले आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ। आगो नियन्त्रणका लागि दमकल बोलाइएको प्रहरीले जनाएको छ।
जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।
जेनजी प्रदर्शनकारीले संसद भवन परिसरका ३ वटै सडक कब्जा गरेका छन्।
काठमाडौं प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ।