राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालयको बैठक बोलाएको छ। रास्वपाको सचिवालय बैठक सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार सोमबारको जेन–जीको प्रदर्शनबारे छलफल गर्न बैठक बोलाएको हो।
‘जेन–जीको प्रदर्शन र यसलाई रोक्न सरकारले गरेको कामबारे छलफल हुने छ।
जेन–जीको प्रदर्शनका कारण काठमाडौंलगायत देशभरको अवस्था तनावपूर्ण बनेको छ। काठमाडौंमा प्रहरीको गोली लागी एकजना प्रदर्शनकारीको मृत्यु भइसकेको छ। ७० जनाभन्दा बढी घाइते भएका छन्। जेन–जीको प्रदर्शन अहिले पनि जारी छ।