काठमाडौंको बानेश्वरस्थित संसद भवनका सडक नेपाली सेनाले नियन्त्रणमा लिएको छ।
सोमबार दिउँसो जेनजी प्रदर्शन भड्किएपछि संसद भवन समेत प्रवेश गरेका थिए। तर अहिले अपराह्नमा सेनाले संसद भवन वरिपरिका सडकलाई सेनाले नियन्त्रणमा लिएको हो।
त्यस्तै, अहिले प्रदर्शनकारीहरू बानेश्वर र बिजुलीबजार बीचका क्षेत्रमा छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले प्रदर्शनकारीहरू अझै तितरवितर भएका छैनन्।
‘बानेश्वर क्षेत्रमा छन्। तितरवितर भइसकेका छैनन्,’ उनले भने।
अहिलेसम्म यो प्रदर्शनको क्रममा १४ जनाको मृत्यु भइसकेको छ, कयौं मानिसहरू घाइते छन्।