नेकपा (माओवादी केन्द्र) को पदाधिकारीहरूको आकस्मिक बैठक गोरखाको टारीफाँटमा बसेको छ।
गोरखामा उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भिमसेन थापा गाउँपालिका–३ टारिफाटमा सोमबार बसेको हो।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, प्रवक्ता अग्निप्रसाद सापकोटा लगायत बैठक बसेका हुन्।
बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको छ।
बैठकले मंगलबार काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ।
बैठकले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले स्तब्ध र गम्भीर बनाएको उल्लेख गरेको छ।
त्यसैगरी जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयले जनाएको छ।