जेनजी प्रदर्शनकारीहरूले सुनसरीको इटहरी उपमहानगर कार्यालयमा आगो लगाएका छन्।
प्रहरी घेरा तोडेर भित्र पसेका प्रदर्शनकारीले उपमहानगरको कार्यालयमा आगजनी गरेका हुन्।
प्रदर्शनकारीहरूले आगजनी गरेपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इटहरी उपमहानगर क्षेत्रभरि कर्फ्यू लगाएका हुन्।
उत्तरमा हलगढा नेपाली सेनाको ब्यारेकदेखि पारूहाङ चोकभित्र, पूर्वमा मिलन चोकदेखि जुट विकास भित्र, दक्षिणमा अख्तियार, यातायात, साथी पेट्रोलपम्प, पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिममा कंलकी मोडदेखि जनता बस्ती भित्रसम्म कर्फ्यू लगाइएको हो।