नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन्।
जेनजी प्रदर्शनका क्रममा सोमबार काठमाडौंमा १४ जनाको मृत्यु भइसकेको छ।
केन्द्रीय सदस्य पोखरेलले गृहमन्त्रीले तुरून्त राजीनामा दिनुपर्ने बताएका हुन्।
गृहमन्त्री कांग्रेस सांसद रमेश लेखक छन्।
‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनुपर्यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्यो,’ उनले भने।
उनले हरेक आन्दोलनमा घुसपैठ, भिड सधैं उत्तेजक हुने पनि बताएका छन्।
‘हरेक आन्दोलनमा घुसपैठ, भिड सधैं उत्तेजक हुन्छ। गृह प्रशासन सम्हालेलाई थाहा हुनुपर्ने हो। राजधानीमा घन्टौं बाढीमा फसेकालाई उद्धार नगरेर बग्दा देखिनै गृहमन्त्रीको हैसियत थाहा थियो। कांग्रेस सरकार छोड, गृहमन्त्रीलाई कारबाही गर,’ उनले सामाजिक सञ्जाल फेसबुकमा सोमबार लेखेका छन्।