प्रहरीले सिभिल अस्पताल परिसरमै अश्रु ग्यास हानेको छ।
साँझपख बानेश्वर क्षेत्रमा भिड तितरबितर हुँदै सिभिल अस्पताल पुगेका थिए।
सिभिल अस्पताल परिसरमा दिउँसोको आन्दोलनमा घाइते भएकाहरू पनि अस्पताल परिसरमा थिए। त्यहीँ उनीहरूका आफन्तहरू पनि थिए।
प्रहरीले गेटबाट छिरेर प्रदर्शनकारीहरूलाई लखेटेका थिए।
त्यही क्रममा अश्रु ग्यास पनि प्रहार गरेका हुन्।
अश्रु ग्यास प्रहारबाट अस्पताल परिसरमा रहेका आन्दोलनमा सहभागी नभएकाहरू पनि आतंकित भएर अस्पतालभित्र प्रवेश गरेका छन्।


