काठमाडौंमा जेनजीले गरेको प्रदर्शनमा सहभागी भएकाहरूले नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा तोडफोड गरेका छन्।
सोमबार दिउँसो बानेश्वरमा भएको प्रदर्शनमा सहभागीहरूले आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यलयमा तोडफोड गरेका हुन्।
एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार प्रदर्शनकारीहरूले गेटबाहिरबाटै ढुंगामुढा गरेका थिए।
त्यसबाट झ्यालढोकाका सिसाहरू फुटेका छन्। गेट नाघेर कार्यालयभित्रै जाने प्रयत्न पनि भए। आगो नै लगाउन खोजेका थिए। सशस्त्र प्रहरी पुगेपछि भिड तितरबितर भएको थियो,' उनले भने।
उपाध्यक्ष ज्वालाका अनुसार अहिले कार्यालयमा सशस्त्र प्रहरी तैनाथ छन्।
प्रदर्शनकारीहरूले दिउँसो संसद भवनको पर्खाल तोडफोड गरी आगजनीको प्रयत्न भएको थियो।
त्यसपछि प्रहरीले गोली चलाएको थियो।
प्रहरीले चलाएको गोली लागेर अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ।