नेपाली कांग्रेसको आकस्मिक बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको छ।
सोमबार साँझ पौने ६ बजेदेखि पदाधिकारी तथा पूर्वपदाधिकारीको अनौपचारिक बैठक बसेको हो।
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक भने मंगलबार बिहानका लागि बोलाएको छ।
जेनजीको प्रदर्शनका क्रममा काठमाडौं र इटहरी गरी अहिलेसम्म १८ जनाको मृत्यु भएको छ।
कांग्रेस पनि सरकारमा सहभागी छ भने गृहमन्त्री कांग्रेसकै रमेश लेखक छन्।
आजको बैठकमा नेताहरूले गृहमन्त्री लेखकको राजीनामा माग्ने तयारी गरेका छन्। केही नेताहरूले भने पार्टी सरकारबाट बाहिर आउनुपर्ने आवाजसमेत उठाउन थालेका छन्।
जेनजीले काठमाडौं र देशका मुख्य सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए।