राष्ट्रपति रामचन्द्र पौडेलले आज भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकहरूको हताहत भएको घटनाले आफू मर्माहत भएको बताएका छन्।
उनले घटनामा परी निधन भएका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरेका छन्।
राष्ट्रपति पौडेलले अप्रत्याशित रूपमा आज भएको यस्तो घटनाले आफूलाई अत्यन्त चिन्तित तुल्याएको उल्लेख गर्दै आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई अपिल गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।