नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष विकास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। सोमबार जेन–जीको प्रदर्शनमा प्रहरीले दमन गरेर १९ जनाभन्दा बढीको हत्या भएपछि उनले यसको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताएका हुन्।
‘देश र जनताभन्दा माथि कोही पनि हुँदैन। देश रहे हामी रहौंला। प्रधानमन्त्रीज्यू राजीनामा दिनुस्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले आजको दिनलाई ‘कालो दिन’ का रूपमा पनि चित्रण गरेका छन्।